आइतबार, असोज १६ २०७९
ताजा अपडेट

बालेनले झन् झन् गर्न खोजेपछि कुलमान पनि के कम, गरिदिए यस्तो खुलासा !


  • KTM Khabar
  • शुक्रबार, भाद्र २४ २०७९
4K
SHARES

फाइल तस्विर

काठमाडौं –एक पछि अर्को काम गर्दै आएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) डोजर मिसनसंगै सरकारी तथा गैरसरकारी क्षेत्रलाई अल्टिमेटम दिएर कर संकलन गरिरहेको छ । मेयर बालेनको निर्देशनमा राजस्व विभागले लामो समयदेखि उठ्न नसकेको कर जरिबानासहित संकलन गर्न थालेको हो ।

महानगरले कर तिर्न ताकेता गरिरहेका बेला महानगर स्वयंले पनि नेपाल विद्युत् प्राधिकरणलाई बक्यौता तिर्न बाँकी रहेको खुलेको छ । प्राधिकरणलाई १० दिनभित्र कर तिर्न महानगरले अल्टिमेटम दिइरहेको बेला महानगरले नै प्राधिकरणलाई दुई अर्ब रुपैयाँ सडक बत्तिको विद्युत महसुल तिर्नु पर्ने देखिएको छ ।

महानगरको कारबाहीसहितको अल्टिमेटमपछि प्राधिकरणले सडक बत्तिवापत महानगरले करिब २ अर्ब रुपैयाँ महसुल नबुझाएको जानकारी दिएको छ । यही विषयमा महानगर र प्राधिकरणबीच विवाद छ ।

सामान्य छलफलबाटै किनारा लगाउने विषयलाई महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले विवादमा ल्याएको भन्दै प्राधिकरण असन्तुष्ट छ । प्राधिकरणका सूचना अधिकारी सुरेशबहादुर भट्टराईले दुई अर्ब बराबरको बक्यौता रकम महानगरले प्राधिकरणलाई तिर्न बाँकी रहेको बताए ।

“महानगरले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम करिब २ अर्ब छ । तर महानगरलाई हामीले तिर्नुपर्ने कर १९ देखि २० करोड रुपैयाँ मात्रै छ । हामीलाई कर तिर्न कुनै ठूलो कुरा छैन । प्राधिकरण र महानगर पक्षले छलफल गरे किनारा लाग्ने विषय हो । यसमा प्राधिकरण र स्थानीय सरकारका कुरालाई मिलाएर लैजानुपर्छ,” उनले भने ।

महानगरका मेयर बालेनले प्राधिकरणले कर नबुझाएको भन्दै असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

महानगरले कर तिर्न प्राधिकरणलाई अल्टिमेटम दिएपछि प्राधिकरणले पनि सडक बत्तिको बक्यौता देखाएकोप्रति बालेन असन्तुष्ट छन् । प्राधिकरणले कर नतिर्ने अडान लिएको भन्दै गत मंगलबार बालेनले सामाजिक सञ्जाल फेसबुकमा पाँच बुँदे टिप्पणी सार्वजनिक गरेका थिए ।

उनले कर तिर्न र बक्यौता उठाउने विषयमा प्राधिकरण आफैँ जानकार रहेको भन्दै व्यङ्ग्यात्मक असन्तुष्टि जनाएका थिए ।

महानगर अन्तर्गतको राजस्व विभागका प्रमुख शिवराज अधिकारी विद्युत् प्राधिकरणले करिब २० करोड रुपैयाँ कर तिर्न बाँकी रहेको विवरण विभागमा पठाएको बताउँछन् ।

प्राधिकरणले महानगरलाई करिब २० करोडको विवरण पठाएको छ । अबको केही दिनमा कर तिर्छ होला, उनले भने ।

मेयर बालेनको निर्देशनमा कर तिर्न अ‍ेटर गर्ने संघसंस्थाहरुलाई जरिबानासहित करको दायरामा ल्याउने काम भइरहेको विभागीय प्रमुख अधिकारीले बताए । उनले भने, जरिबानासहित कर तिर्न ताकेता गर्दै आएका छौँ । ताकेता अनुसार संघसंस्थाहरूले विवरण पेश गरिरहेका छन् । विवरण हेरेपछि मात्रै तिर्नुपर्ने करको निक्र्यौल हुन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा