शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

आरोपबारे सन्दीप आफैले बल्ल बोले, नेपाल फर्कन्छु भन्दै गरे यस्तो घोषणा !


  • शुक्रबार, भाद्र २४ २०७९
8.6K
SHARES

फाइल तस्विर

काठमाडौं । आफुलाई लागेको आरोप बारे नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बल्ल बोलेका छन् । शुक्रबार ट्वीट गर्दै आफुमाथि लागेको आरोपको बारेका बोलेका हुन् ।

उनले आफुमाथि लागेका सबै निराधार आरोपहरूको सामना गर्न तयार रहेको बताएका छन् । उनले भनेका छन्, आफू निर्दोष रहेको बताउँदै सीपीएलबाट बिदा लिएर चाडै नेपाल फर्कने निर्णय लिएको छु ।
उनले ट्वीटमा भनेका छन्,’ निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु। मैले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु। म यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु। न्याय मिलोस्। सबैमाथि निर्दोष र सही छानबिन होस्, कानूनले सबैलाई समान रूपमा कारबाही गर्ने आशा छ।’

अदालतको अनुमतिमा नेपाल प्रहरीले उनी विरूद्ध बिहीबारनै पक्राउ पुर्जी जारी गरिसकेको छ। पक्राउ पुर्जी जारी हुने बित्तिकै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको छ। लामिछानेले एक नाबालिगलाई ब ला त्का र गरेको आरोप लागेको छ ।

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लले बताए ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिगलाई ब’लात्कार गरेको आरोप लागेपछि खेल क्षेत्र तरंगित बनेको छ ।

प्रहरीमा परेको जाहेरीअनुसार सन्दीपले नाबालिगलाई भक्तपुरको नगरकोटामा दिनभर घुमाएर राति काठमाडौंमा ल्याई ब’लात्कार गरेको आरोप लागेको छ ।

भदौ ५ मा लामिछानेले आफूलाई नगरकोटमा घुमाएको र काठमाडौंमा ल्याएर पटक पटक ब’लात्कार गरेको नाबालिगले प्रहरी वृत्त गौशालामा दिएको जाहेरीमा उल्लेख छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा