मंगलबार, मंसिर १३ २०७९
ताजा अपडेट

विश्व चर्चित हलिउड अभिनेता फ्रिम्यानले नेपालीका लागि लेखेको स्टाटसले पिट्यो तहल्का, आखिर के लेखे त्यस्तो (हेर्नुस् स्टाटससहित)


  • KTM Khabar
  • बुधबार, भाद्र २२ २०७९
2.4K
SHARES

काठमाडौं । विश्व चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यानले नेपालीका लागि लेखेको फेसबुक स्टाटसले तहल्का पिटेको छ । हिन्दु नेपालीहरुको महान पर्व दशै बारे लेखेको उक्त स्टाटस छोटो सयममा धेरै प्रतिक्रिया आएको छ ।

टेलिभिजन शो ‘स्टोरी अफ गड’ छायांकनका लागि हलिउड अभिनेता मोर्गन फ्रिम्यान तीन वर्षअघि नेपालमा थिए । दशैंको बेला आएका उनले न्यानो नेपाली आतिथ्यता पाएका थिए ।

त्यस क्षण सम्झिंदै अभिनेता फ्रिम्यान यतिबेला नोस्टाल्जिक बनेका छन् । नेपाल घुमघामको बेला नेपाली ढाकाटोपी लगाएर फोटो खिचाएको, आतिथ्यता दर्शाएको र पिङ खेलेका तस्वीर सेयर गर्दै उनले आफ्नो मनको कुरा स्टाटसमार्फत शेयर गरेका छन् ।

उनी लेख्छन्, ‘दशैंको दुई साता लामो उत्सव नेपालीहरुका आधारभूत मान्यताहरुभन्दा माथि रहेर रुपक र शाब्दिक रुपमा पनि महत्वपूर्ण छ । दशैं खराबीभन्दा माथि राम्रोको विजयभन्दा पनि माथि हो । यसले हामीभित्रका अन्तद्र्वन्द्वलाई स्वीकार्दै र संसारमा असफलतालाई स्वागत गर्न हाम्रो आत्मालाई मुक्त गर्दैछ । स्टोरी अफ गडको छायांकनको क्रममा मेरो काठमाडौं यात्रा र दशैंको परम्परामा पूर्णतया डुब्दा मैले पाएको दयाप्रति म कहिल्यै बिर्सने छैन ।’

नेसनल जोग्राफिकको उक्त शोको छायांकनका लागि फ्रिम्यानसहितको टोली नेपाल हुँदै भारत समेत पुगेको थियो । धर्म, आस्था र भगवानबारे संसारभरका मानिसको धारणा बुझ्नु फ्रिम्यान अभिनित टीभी श्रृंखलाको ध्येय रहेको नेसनल जोग्राफिकले उल्लेख गरेको छ ।

गहकिलो आवाजका कारण चर्चा बटुलेका ८५ वर्षीय अभिनेता फ्रिम्यानले फिल्म ‘इन्भिक्ट्स’मा लोकप्रिय दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलको भूमिका निर्वाह गरेका थिए । सन् २००४ को फिल्म ‘मिलियन डलर बेबी’बाट उनले सर्पोटिङ एक्टरको रुपमा ओस्कार अवार्ड जितेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा