शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

मेयर उपेन्द्र कार्कीले काठमाडौँवासीका लागि गरे अर्को ठुलो कमाल, बाआमा समेतले दिए मनैबाट आशीर्वाद !


  • बुधबार, भाद्र २२ २०७९
11.4K
SHARES

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले काठमाडौँवासीका लागि कमाल देखाएका छ । आफ्नो पाँच वर्षे कार्यकालको सय दिन पुरा भएको अवसरसरमा आफ्नो उपलब्धि र आगामी योजना बारे जानकारी दिँदै ज्येष्ठ नागरिकलाई दशै खर्च दिनेदेखि शिक्षकलाई ल्यापटप बाड्ने घोषणा गर्दै कमाल देखाएका हुन् ।

मेयर उपेन्द्र कार्कीले कार्यभार सम्हालेको सय दिनमा गरेका काम सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई चाडवाड खर्च वितरण गर्ने घोषणा गरेका छन्। आगामी दशै अगाडी जेष्ठ नागरिकलाई चाडवाड खर्चवापत एक हजार रुपैया दिने घोषणा गरेका हुन् ।

नगरपालिकाले जेष्ठ नागरिकका लागि निशूल्क घरघरमै स्वास्थ्य परीक्षणको पनि व्यवस्था मिलाएको छ । यसबाहेक विशेषज्ञ सेवा कम्तिमा वर्षमा एक पटक पाउने गरी विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर संचालन गर्ने तयारी गरेको छ ।

मेयरसँग जेष्ठनागरिक घरदैलो निशूल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम अन्तगर्त सबै वडाका जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँचका लागि वडा नम्बर–९ बाट सुरु गरिएको छ, मेयर कार्कीले भने । नगरपालिकाले जेष्ठ नागरिकलाई खाजा, जेष्ठ नागरिक भवन तथा जेष्ठनागरिक पार्कका लागि पनि गृहकार्य सुरु गरेको जनाएको छ ।

यस्तै, नगरपालिकाले किसान कार्डको व्यवस्था गर्दै वर्ष र बाढीबाट क्षति बोहेरेका किसानलाई क्षतिपूर्ति र अर्गानिक कृषि व्यवसाय प्रवद्र्धनका लागि अनुदानको व्यवस्था गर्ने पनि घोषणा गरेको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मेडिकल अधिकृत थपेको नगरपालिकाले नगरअस्पतालको १५ शैयाको अस्पताल निर्माणका लागि संघीय सरकारबाट २० करोड लिएर काम अघि बढाएको छ ।

शिक्षतर्फ सुधारका लागि नगर शिक्षा ऐन संशोधन गरी शिक्षा ऐन २०२८ सँग मिलाएको नगरपालिकाले एक शिक्षक एक ल्ल्यापटप अभियान संचालन गरेको छ ।

‘अभियान अन्तर्गत २०९ शिक्षकलाई ल्यापटप वितरण गरिएको छ,’ नगरप्रमुख कार्कीले भने, ‘सामुदायिक विद्यायको दरबन्दी अभावको समस्या समाधानका लागि नगरपालिकाले आन्तरिक स्रोतबाटै उच्च माविमा आइसीटी र खेलकुदलगायतका शिक्षक व्यवस्था गरेको छ ।’

विद्यायको दर्ता र नविकरणवापतको शूल्कमा २५ प्रतिशत घटाएको कार्कीले बताए । सामुदायिक विद्यालयमा इसीडी कक्षा संचालनका लागि नगरपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन भत्ता, विद्यालय कर्मचारीलाई थप पारिश्रमिक र शिक्षकहरुलाई दिवा खाजाको व्यवस्था गरेको जनाएको छ ।

यस्तै नगरपालिकाले नगरभित्रको फोहोरको परिमाण घटाउन स्रोतमै फोहोरको वर्गीकरण गरी छुट्टाउने नीति लिँदै नगरभित्रै फोहोर व्यवस्थापनको तयषरी गरेको हो । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन चुनौति बनिरहेको भन्दै नगरपालिकाले नगरभित्रै फोहोर व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको जनाएको छ ।

यस्तै नगरपालिकाले नगरसभाबाटै पालिकालाई खेलकुद नगरी बनाउने प्रस्ताव पारित गरेको भन्दै अव खेलविशेषका एकेडेमि निर्माणका लागि संघीय सरकारसँग समन्वयको काम थालेको र निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीति लिएको जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा