मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

सुरक्षा गार्ड छुटेपछि रवि लामिछाने मन छुने गरी लेखेको स्टाटसले पिट्यो तहल्का, आखिर के लेखे त्यस्तो ! (स्टाटससहित)


  • KTM Khabar
  • सोमबार, भाद्र २० २०७९
4.6K
SHARES

काठमाडौँ । मन्त्रीलाई लाइनमा बस्न लगाउँदा हिरासत पुगेका सुरक्षा गार्ड शेरजंग गुरुङ छुटेपछि रबि लामिछानेले मन छुने गरी आफ्नो अफिसियल फेसबुकमा स्टाटस लेखेको छन् । छोटो समयमा नै धेरैले प्रतिक्रिया जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नखाएको विष लाग्दा कस्तो हुन्छ आफूलाई थाहा भएको बताएका छन् ।

गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ छुटेपछि रबिले प्रतिक्रिया जनाएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बसाउन खोज्दा भएको विवादमा गुरुङ पक्राउ परेका थिए । तर, चौतर्फी विरोध भएपछि गृह मन्त्रालयको आदेशमा प्रहरी वृत्त दरबारमार्गले सोमबार उनलाई साधारण तारेखमा रिहा गरेको हो ।

गुरुङ थुना मुक्त भएपछि लामिछानेले भने, ‘म बुझ्छु, नखाएको बिष लाग्दा कस्तो हुन्छ । मलाई थाहा छ, निर्दोष हुँदाहुँदै कैदी बन्नु पर्दा कस्तो हुन्छ ।’ उनले आफू मानवताका आधारमा गुरुङलाई भेट्न गएको पनि बताएका छन् । ‘हो, मैले नियम कानुन पछ्याइनँ । मानवता पछ्याएँ । आफ्नो कर्तव्य निर्वाह गरेकै कारण मन्त्रीको अहममा धक्का पुग्दा एकजना आममानिस पक्राउ परेको सहन सकिन । गएँ । पक्राउ गरिएकालाई भेटेँ’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मेरो भ्रम हुन सक्ला, तर मैले ति निर्दोषलाई भेटेको कुरा मान्छेहरुलाई थाहा दिन सकें, ति कर्तव्यपरायणका पक्षमा माहौल श्रृजना हुन सक्छ भन्ने सोचेँ । फोटो राखेँ ।’

उनले आफूले सहजै गुरुङलाई भेट्न पाएको पनि बताएका छन् । उनले कानुन कसैको आवेग र न्याय कसैको निगाहमा पाइने कुरा बन्न नहुनेमा जोड दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा