मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

गगनको क्षेत्रमा प्रदेश सांसदका लागि श्रीराम लामिछाने मार्दै इन्ट्री, को हुन उनी ?


  • KTM Khabar
  • सोमबार, भाद्र २० २०७९
6.8K
SHARES

फाइल तस्विर

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा काँग्रेस महाधिवेशन प्रतिनिधि श्रीराम लामिछानेको प्रदेशसभा सदस्य उम्मेदवारका लागि चर्चा हुन थालेको छ । बाग्मती प्रदेश अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेश (क) बाट नेपाली काँग्रेसबाट उम्मेदवार बन्ने पक्कापक्की भएसँगै उनको चर्चा हुन थालेको हो ।

नेबि सङ्घको राजनीतिबाट उदाएका लामिछाने काँग्रेसको विद्यार्थी राजनीतिमा स्थापित र पार्टी भित्रका सक्रिय नेता हुन् । नेपाली काँग्रेस काठमाडौँका चुनावी किङ मेकरको रूपमा उनको चर्चा हुने गर्दछ ।

बि.स. २०४२ सालमा पशुपति मित्र माविबाट तत्कालीन एस.एल.सी. उत्तीर्ण गरेका लामिछाने त्यस लगतै नेवि सङ्घ आबद्ध भई विद्यार्थी राजनीतिमा होमिएका थिए । बिपीको समाजवादबाट प्रभावित भएको र गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईले अवलम्बन गरेको आदर्शको आफूमा अमिट छाप रहेको उनी बताउँछन् ।

२०४४ सालमा स्व. नेता नविन्द्रराज जोशी तत्कालीन नेबि सङ्घ महामन्त्रीसंगको भेटपछि नेबि सङ्घको सदस्यता लिएका लामिछाने २०४६ सालको आन्दोलनमा शंकर देव क्याम्पसबाट आन्दोलनमा होमिएका थिए ।

नेपाली काँग्रेस नेतृत्वमा भएका लोकतान्त्रिक आन्दोलनमा पटक–पटक घाइते अनि हिरासतमा रहेका लामिछाने सन्त नेता स्व. पूर्व प्रधान मन्त्री कृष्णप्रसाद भट्टराईको निष्ठा अनि स्वच्छ छविबाट प्रभावित भएर राजनीतिमा लागेको र २०४८ सालको किसुनजीले काठमाडौँ क्षेत्र नम्बर १ बाट चुनाव लड्दा नेबि सङ्घको प्रचार प्रसार संयोजक भएर काम गरेको स्मरण गरे ।

नेबि सङ्घको २०४७ सालमा काठमाडौँ जिल्ला सदस्य भएका उनी २०४८ मा जिल्ला सचिव, २०५० मा उपाध्यक्ष रहेर काठमाडौँमा नेबि सङ्घको सङ्गठन बिस्तारमा अनवरत लागेर २०५४ देखि नेबि सङ्घको केन्द्रीय सदस्य भई २०५९ सालमा नेबि सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर नेपाली काँग्रेसको विद्यार्थी राजनीतिमा स्थापित नेता हुन लामिछाने ।

२०६७ सालमा नेपाली काँग्रेस महासमिति सदस्य तथा केद्रिय विद्यार्थी विभागको सदस्य बनेका उनी हाल काठमाडौँ क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिको रूपमा काँग्रेस भित्र अनवरत सक्रिय छन् ।

२०७२ को विनाशकारी भूकम्प होस वा कोभिडको महामारीको सङ्कटको समयमा सामाजिक कार्यमा जनताको घरदैलोमा डटेर लागेको बताउने लामिछाने आउँदो निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेश (क) तर्फ प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष तर्फका आंकाक्षी हुन् ।

प्रदेश सभाको अस्तित्वमाथि नै प्रश्न उठेको समयमा किन प्रदेश सदस्यमा आकांक्षी बन्नु भयो भन्ने केटिएम खबरको प्रश्नमा उनी भन्छन्, ‘ठुलो आन्दोलनबाट शुशिल कोइरालाको नेतृत्वमा आएको संविधानले मुलुक सङ्घीयता तर्फ गएको छ ।’

लामिछाने अगाडी भन्छन्, ‘सङ्घीयता कार्यान्वयनको सिलसिलामा कम्युनिस्ट नेतृत्वको ओली सरकारले सङ्घीय कानुन निर्माणमा ढिला सुस्ती गरेर प्रदेशमा ऐन कानुनहरू बन्न सकेको छैन । मुलुक सङ्घीय संरचनामा गए पछि केन्द्र, स्थानीय र प्रदेश सरकारबिच समन्वयनको अभाव जस्तो देखिन पुगेको छ । त्यसैले संविधानको मर्म र जनताको चाहना बमोजिम प्रदेशसभालाई चुस्त दुरुस्त बनाई जनताको हितमा काम गर्नका लागि लागि आफूले प्रदेशसभा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएको र पार्टीले आफ्नो उम्मेदवारीलाई मूल्याङ्कन गर्नेमा ढुक्क छु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा