बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

शक्तिराष्ट्रहरुको मथिँगल हल्लाइरहेका पुटिनको अर्को भित्री योजना बाहिरियो, जेलेन्स्कीलाई थपियो तनाव !


  • KTM Khabar
  • सोमबार, भाद्र २० २०७९
6.1K
SHARES

फाइल तस्विर

शक्तिराष्ट्रहरुको मथिँगल हल्लाइरहेका रुसका राष्ट्रपति पुटिनको भित्री योजना बारे खुलासा भएको छ । शनिवार नियमित सम्बोधनका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको भित्री योजनका बारे खुलासा गरेका हुनु ।

सम्बोधनका क्रममा जेलेन्स्कीले युरोपका सबै मानिसको सामान्य जिन्दगी ध्वस्त पार्न चाहेको गम्भीर खुलासा गरेका छन् ।

‘रुसले जुन स्थानमा मिसाइलबाट आक्रमण गरेको छैन, त्यहाँ उसले गरिबी र राजनीतिक अराजकताको सहारा लिइरहेको छ।’, शनिवार सम्बोधनको क्रममा उनले भने ।

जेलेन्स्कीको यो प्रतिक्रिया आउनुअघि रुसले युरोपको लागि आफ्नो मुख्य ग्यास पाइपलाइन योजना अनुसार पुनः नखुल्ने जनाएको थियो ।

युरोपले रुस–युक्रेन युद्धको बिच रुसले युरोपलाई ब्ल्याक मेल गर्न ग्यास आपूर्तिलाई हतियार बनाइरहेको आरोप लगाएको छ । यद्यपि रुसले भने यो आरोपको अस्वीकार गर्दै आएको छ ।

फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण सुरु गरेयता विश्व बजारमा ऊर्जाको भाउ बढेको छ । आगामी दिनमा ऊर्जाको भाउ अझै बढ्न सक्ने समेत आशङ्का व्यक्त गरिएको छ । एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा