मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

काठमाडौँका स्वतन्त्र मेयर उम्मेदवार र गगन थापाबिच अन्ततः मिल्यो कुरा, आजै गराए पार्टी प्रवेश !


  • KTM Khabar
  • आइतबार, भाद्र १९ २०७९
6.6K
SHARES

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार सुमित खरेललाई नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी प्रवेश गराएका छन् । आइतबार भेटवार्ता गर्दै थापाले प्रभावशाली स्वतन्त्र उम्मेदवार खरेललाई आफूलाई निर्वाचन जिताउने भूमिकासहितको जिम्मेवारीमा पार्टी प्रवेश गराएका हुन ।

गगन थापासँगको भेटवार्तापछि खरेलले तस्बिर सार्वजनिक गर्दै गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा सक्रियताका साथ लाग्ने घोषणा गरेका छन् । आफ्नो अफिसियल फेसबुक मार्फत उनले थापा जिताउने अभियानमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

बुढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर उद्धव खरेलका सहयोगी काम गरिसकेका उनी एमाले राजनीति त्यागेर स्वतन्त्र उम्मेदवारको रूपमा गत स्थानीय तहमा बूढानीलकण्ठ नगरपालिकाको मेयर उम्मेदवार बनेका थिए ।

स्थानीय चुनावमा राम्रो मत ल्याएता पनि उनले चुनाव जित्न सकेका थिएनन् । पटक पटक प्रधानमन्त्री भइसकेका व्यक्तिलाई फेरि नदोहोर्‍याउने अभियानमा लागेका उनी अहिले गगन थापाको चुनावी अभियानमा लागेका हुन् ।

देशभर स्थानीय तहका स्वतन्त्र उम्मेदवार चर्चा र लोभलाग्दो आकर्षणलाई नजिकबाट नियालिरहेका थापाले सुमित खरेलबाट पाएको समर्थनमा खुसी देखिएका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ बाट दुई पटक सङ्घीय सांसदमा निर्वाचित भइसकेका थापा आगामी निर्वाचनमा यस क्षेत्रबाट ह्याट्रिक गर्ने जोड बलका साथ लागिरहेका छन् ।

‘इलेक्सन आइडिया मास्टर’को उपाधि पाउने गरी थापा क्षेत्र नम्बर ४ मा चुनावी अभियानमा होमिएका छन् । अब के गर्छन् ? भन्ने चासो आम रूपमै छरिरहेका छन् । खरेललाई पार्टीमा प्रवेश गराएसँगै गगनको चुनावी अभियान थप रोचक बनेको छ ।

गगन थापामार्फत पार्टी प्रवेश गरेसंगै सुमित खरेलले आफ्नो फेसबुक मार्फत यस्तो प्रतिक्रिया जनाएका छन्ः

फरक यात्राको आरम्भ

नो नट अगेन (No Not Again)। सामाजिक सञ्जालमा सबैभन्दा धेरै देखिने नारा र तस्विर। ‘पुर्व भैसकेका प्रधानमन्त्रिहरुलाई यो पटक फेरी नजिताऔँ।’ यो अभियान प्रति मेरो पनि ऐक्यबद्धता छ। सँग सँगै देशभरी स्वतन्त्रको नाममा वैकल्पिक राजनितिक शक्ति बनाउने अभियान छ।

सम्भावना (Possibility) र सम्भाव्यता (Probability) शब्द उस्तै लागे पनि यिनमा भिन्नता छ। ‘नो नट अगेन’ ले सफलता पाउन सक्ने सम्भावना जति छ, यसको सम्भाव्यता कम छ। यसको सबैभन्दा महत्वपुर्ण कारण नेपालमा नागरीक भन्दा कार्यकर्ताको शंख्या ठुलो भएकोले पनि हो। नेपाली जनताको जनमत लाई आफ्नो कम्पनिका ग्राहक ठानेर एक दलले अर्को दल सँग हात मिलाउँदा ठुलो जनमतले चाहँदा चाहँदै पनि ‘नो नट अगेन’ प्रभावकारी नहुन सक्छ। शक्ति र स्रोतको लागी गरिएको जनमत विनिमयले निकट भविष्यमा नै राष्ट्रिय राजनितिमा पुस्तान्तरणको नेपाली सपना पुरा नहुन सक्छ।

‘नो नट अगेन’ त्यति बेला प्रभावकारी हुनेछ जति बेला प्रणाली भित्र बाट पनि कसैले दाबेदारी देओस। दाबेदारी दिएर संसदको आगामी कार्यकालमा नै कसैले आफु सक्षम छु भन्ने क्षमता प्रदर्शन गरोस। त्यो क्षमता सहितको दाबि गर्ने, आफु प्रधानमन्त्रि भए मुलुक कसरी चलाउँछु भन्ने स्पस्ट खाका (प्रोजेक्ट गभरमेन्ट) भएका गगन थापा लाई समर्थन गर्दै आजैबाट उनलाई प्रधानमन्त्रि बनाउने अभियानमा संलग्न हुने निर्णय लिएको छु।

*****
बाटो बदलिएको हो, गन्तव्य होइन।

स्थानीय निर्वाचनमा जुन सोच र योजनाहरु लिएर म जनताकोमा गएको थिएँ ति योजनाको बारेमा पैरवि गर्ने, कार्यान्वयनको लागी निरन्तर लागिरहनेछु।
मेरो यो निर्णयमा असहमति राख्नुहुने सबैसँग माफि पनि माग्न चाहन्छु। धेरैको लागी अप्रत्यासित लाग्ने निर्णयको बारेमा फेरी पनि आगामी भेटहरुमा संवाद गर्दै गरौँला।
तपाँईको समय शुभ बितोस्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा