शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चुनाव उठ्ने खबरपछि कुलमान घिसिङलाई हरिवंशले दिए मन छुने शब्दमा शुभकामना, सारा नेपालीको तान्यो ध्यान !


  • आइतबार, भाद्र १९ २०७९
10.5K
SHARES

फाइल तस्विर

काठमाडाैँ । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई मन छुने शब्दमा शुभकामना व्यक्त गरेका छन् । एक कार्यक्रममा बोल्दै आउँदो प्रतिनिधि सभा निर्वाचनमा चुनाव लड्न लागेको भन्दै सारा नेपालीको ध्यान खिच्ने गरी मन छुने शब्दमा शुभकामना दिएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै आचार्यले घिसिङलाई शुभकामना दिएका हुन् । प्राधिकरणको नेतृत्व गर्दा विद्युत् व्यापार गरिरहेको र काम प्रशंसायोग्य भएको उनले बताए ।

उनले विद्युत् क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको पनि बताए ।

उनले नेकपा (माओवादी केन्द्र) ले काठमाडौँबाट आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इङ्गित गर्दै शुभकामना व्यक्त गरेका हुन् ।

‘कुलमान सरलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्ट्याटस राखेका थियौँ । त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर ।’ आचार्यले भने, ‘राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले । उहाँलाई शुभकामना ।’

यस्तै, कार्यक्रममा आचार्यले अब विद्युतीय सवारीसाधन बाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्बन गर्नुपर्ने बताए। उनले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरुलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्यतीय सवारीको कर बढाइरहेको पनि बताए।

सरकारले विद्युतीय सवारीको कर बढाएकै कारण आफ्नो विद्युतीय सवारी किनेर चढ्ने सपना पुरा हुन नसकेको र घरमा पनि श्रीमतीले हरेक दिन सरकारले भन्सार घटाएन भन्ने प्रश्न गरिरहेको भन्दै उनले व्यंग्य गरे।

‘बिजुली गाडीको कुरा आयो, बिजुली गाडीको कुरा आउँदा मलाई पनि बीवाईडी गाडीले ब्रान्ड एम्बास्डर बनाएको छ। मैले एउटा बिजुली गाडी चढ्ने सपना बनाएको थिएँ। त्यो सपनाको लागि केही रकम मैले बुझाइ पनि सकेको छु र केही रकम सहुलियत पनि दिने बाचा गर्नुभएको छ। तर बजेट भाषणले गर्दा मैले जुन चढ्न पाउने सपना थियो बिजुलीको गाडी त्यो गाडी अहिले आइरहेको छैन,’ आचार्यले भने, ‘श्रीमतीले मलाई जहिले पनि प्रश्न गर्छिन्। हजुरको गाडी के भयो नआउने भयो भन्छिन्।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा