काठमाडाैँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् । पाँच दलीय गठबन्धन सरकारले अहिलेको संसद्को आयु मङ्सिर ४ को चुनाव पछिसम्म लैजान लागेपछि असन्तुष्टि जनाउँदै लिङ्देनले राजीनामा दिने भएका हुन्। राजीनामा दिनुअघि आइतबार २ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकलाई अन्तिम सम्बोधन गर्ने भएका छन्।
निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा कामचलाउमा परिणत भइसकेको गठबन्धन सरकारले संसद्लाई मङ्सिर ४ भन्दा पछि लैजाने कुरा असंवैधानिक भएको भन्दै विरोध भइरहेका बेला लिङ्देनको राजीनामा दिन लागेका हुन्।
लिङ्देनले भने निर्वाचन घोषणा भएको अवस्थामा काम चलाउन बनेको सरकारले गर्ने निर्णय निष्पक्ष हुन नसक्ने कुरा संसदमा उठाउने भएका छन्। लिङ्देनले यो संसद्को आयु आगामी फागुन महिनासम्म तन्काउने गरी विधेयक अघि बढाएपछि राजनीतिक र कानुनी वृत्तमा असन्तुष्टि देखिएको छ।
यही असन्तुष्टिबिच लिङ्देनको राजीनामा आउन लागेको हो। लिङ्देन २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए। उनले त्यस बेला काँग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए। सरकारले संसद्को म्याद फागुनसम्म रहने गरी कानुन संशोधन गर्न विधेयक पेस गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।