मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

काठमाडौँ खेलकुद समाजले दियो युवाहरूलाई प्रशिक्षण (फोटोसहित)


  • KTM Khabar
  • शनिबार, भाद्र १८ २०७९
2.1K
SHARES

काठमाडौँ । काठमाडौँ खेलकुद समाजले काठमाडौँ क्षेत्र नं ४ अन्तर्गतका १४० जना युवाहरूलाई नेतृत्व विकासका लागि प्रशिक्षण दिएको छ । विभिन्न कलेजका उत्कृष्ट विद्यार्थीहरूको छनोट गरी प्रशिक्षण दिएको हो ।

अमेरिकाको हार्वर्ड केयनडी विद्यालयबाट प्रशिक्षण प्राप्त गरेको यूथ काँग्रेसका संयोजक सचिन तिमल्सिना र समाजशास्त्री राजेन्द्र राउत प्रशिक्षण कार्यक्रमको प्रमुख वक्ताको रूपमा रहेका थिए ।

काठमाडौँ खेलकुद समाजका अध्यक्ष एवं नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ का सचिव दामोदर भट्टराई (बद्री) को सभापतित्वमा कार्यक्रमको आयोजना गरिएको थियो । प्रशिक्षण मार्फत ‘युवा समाजको समस्या होइन, समाधानको नेतृत्वकर्ता हो’ भन्ने सोचको विकास भएको सभापति भट्टराईले बताए ।

कार्यक्रम प्रमुख अतिथि रहेका नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो उमेर अनुसारको योगदान दिन सक्नु महत्त्वपूर्ण भएको बताए । उनले भने, ‘नेतृत्व क्षमता विकास गर्नु भनेको समस्याको समाधानका बाहक बन्ने हो । नयाँ पुस्ताको भविष्यका लागि आफ्नो तर्फबाट काम गरिरहेको छु । यद्यपि वर्तमान युवा पुस्ता निकै अब्बल छन् ।’

महामन्त्री थापाले भने, ‘हार्वर्ड र अक्सफोर्ड विद्यालयहरूमा अध्ययनका लागि आज पनि उत्तिकै उत्सुक छु । पुस्तको ज्ञानसँगै थप ज्ञान र सीपका लागि समुदायसँगको सहकार्यमा जोडिन युवाहरूलाई आग्रह गर्दछु । यस अभियानमा सदैव साथ रहने समेत प्रतिबद्धता व्यक्त गर्दछु ।’

कार्यक्रम नेपाली काँग्रेसका क्षेत्रीय सचिव प्रवेश लामिछाने, स्टारफोर्ड कलेजका नेपाल प्रतिनिधि किरणजंग कार्की, केयु सिटी कलेजका काउन्सुलर तथा युवा नेता माधव त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा