मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

चुनाव नजिकिँदै गर्दा गगनको सातो जाने गरी राजनले पाए यत्ति ठुलो समर्थन, देखियो शुभ संकेत (हेर्नुस् तस्बिरसहित)


  • KTM Khabar
  • शुक्रबार, भाद्र १७ २०७९
4.2K
SHARES

काठमाडौँ । आगामी मंसिर ४ गतेको निर्वाचन मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नम्बर ४ मा एमाले नेता डा. राजन भट्टराईले आफ्नो पक्षमा ठुलो समर्थन पाएका छन् । बुधवार चुनिखेल गाम्चा चौरमा भट्टराई प्रमुख अतिथि रहेको कार्यक्रममा सयौँको सङ्ख्यामा स्वतन्त्र युवाहरू उपस्थिति भएसंगै ठुलो समर्थन पाएका हुन् ।

वी लभ यु फाउन्डेसनले आयोजना गरेको डा. भट्टराई प्रमुख अतिथि रहेको ‘बृहत् सरसफाइ अभियान’ को उद्घाटन कार्यक्रममा ठुलो सङ्ख्यामा युवाहरू उपस्थित भएका हुन् ।

डा. भट्टराई सहभागी हुने भनी सरसफाइ अभियानमा सहभागी हुन फाउन्डेसनले अपिल गरेको थियो । सरसफाइ अभियानसँगै भट्टराई पनि सहभागी हुने भनेर गाम्चा चौरमा चुनावी सभाको झल्को दिने गरी सयौँको सङ्ख्यामा स्थानीयहरू सहभागी भएका थिए ।

उद्घाटन पछि डा. भट्टराईसहितको जम्बो उपस्थित टोली बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३, चुनिखेल धोबीखोला सरसफाइमा जुटेको थियो ।

उपस्थित व्यक्तिहरूलाई सम्बोधन गर्दै भट्टराईले समाज रूपान्तरणमा केन्द्रित भएर काम गर्न ‘हामी’ मान्यतालाई अगाडी सार्नु पर्नेमा जोड दिए । उनी भन्छन्, ‘समाज रूपान्तरणको अभ्यासमा ‘म’ नभएर ‘हामी’ भन्ने मान्यताका साथ अघि बढ्नु पर्छ ।’

‘बढ्दो सहरीकरण र औद्योगीकरणले पृथ्वीको दिगोपनालाई कमजोर बनाउनुका साथै वातावरणीय प्रभाव बढ्दै गएको छ ।’ भट्टराईले भने, ‘यसलाई मध्यनजर गर्दै कम्तीमा ६ महिना धोवीखोला सरसफाइ अभियान सञ्चालन गरेर बुढानीलकण्ठमा नमुना कार्य गर्न सकिन्छ । फाउन्डेसनसँग सहकार्य गरी सरसफाइ अभियानलाई सफल बनाउन तयार छु ।’

अघिल्लो २०७४ सालको सङ्घीय निर्वाचनमा गगन थापासँग नमिठो हार व्यहोरेका भट्टराईले पुरानो हिसाब उल्टाउने जोडका साथ लागिरहेका छन् ।

‘निर्वाचन परिणामबाट कतै पनि विचलित नभई उनी निरन्तर नागरिकको समस्यामा हातेमालो गर्दै आएका छन् । जसका परिणाम हो गाम्चाको ठुलो चौरमा भट्टराईलाई समर्थन जनाउ गर्न उपस्थित भएका भरिभराउ युवाहरूको ठुलो उपस्थिति । यसले निर्वाचनका लागि शुभ संकेत गरेको छ ।’, एक एमाले नेताले केटिएम खबरसंगको कुराकानीमा भने । उनले अगाडी थपे, ‘भट्टराईको पक्षमा देखिएको यस उपस्थितिले चुनाव नजिकिँदै गर्दा माननीय गगन कुमार थापालाई पक्कै झस्काएको हुनु पर्छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा