शनिबार, असोज १० २०८३
ताजा अपडेट

डोजर मिसन नसक्दै मेयर बालेनले आजैबाट सुरु गरे अर्को कडा कदम, झनै पलायो अर्को ठुलो आशा !


  • बिहिबार, भाद्र १६ २०७९
12.5K
SHARES

फाइल तस्विर

काठमाडौँ । देश दुनियाबाट प्रशंसाको ओइरो पाइरहेको काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अवैध संरचनामा दोजर चलाउने अभियान नसक्दै अर्को कामको सुरुवात गरेका छन् । अनुमती विना सञ्चालन गरिएको डिजिटल होर्डिङ बोर्ड बन्द गर्न सुरुवात गरेसंगै मेयर बालेनले अर्को कदमको प्रारम्भ गरेका हुन् ।

अवैध संरचनामा दोजर चलाउन थालेपछि चोतर्फी रुपमा प्रशंसा बटुलिरहेका मेयर बालेको यस कदमको पनि खुलेरै प्रशंसा गरिएको छ ।

आज नै बल्र्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको हो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अनुमति भन्दा ठूलो साइजमा बनाएकाले बन्द गराइएको जानकारी दिए ।

एसटीआर एडभर्टिजमेन्टले काठमाडौंको त्रिपुरेश्वमा ३५ बाई ५० फिटको डिस्प्ले जडान गरेको छ । कम्पनीले बाहिरबाटै सामग्री आयात गरी यसको जडान गरेको जनाएको छ ।

पछिल्लो समय काठमाडौंको त्रिपुरेश्वर, दरबारमार्ग, कलंकी, थापाथली, नयाँ बानेश्वर लगायतका क्षेत्रमा ठूला एलईडी स्क्रिन राखिएको छ ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड हटाउन थालेको हो ।

यस्तै, मेयर बालेनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङसँग भेट गरेका छन् । ठूला सरकारी अस्पतालमा सेवा प्रवाह राम्रो नभएको, फोहर व्यवस्थापन नभएको, शुल्क महँगो भएको लगायतका गुनासा आएको भन्दै मेयर शाहले स्वास्थ्य मन्त्रीलाई भेटेका हुन् ।

मन्त्री र मेयरसंगको छलफलमा स्वास्थ्य मन्त्री खापुङ, राज्यमन्त्री हिराबहादुर केसी, स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, वीर अस्पताल, ट्रमा सेन्टर, प्रसूति गृह, सिभिल लगायतका अस्पतालका निर्देशक सहभागी भएका थिए ।

मन्त्री खापुङले आफूले यसअघि नै सबै अस्पतालका निर्देशकलाई एक महिनाभित्र गुनासो सम्बोधन हुने गरी काम गर्न निर्देशन दिएको बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा