मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

देश दुनियाको मन मुटुमा बसेका बालेन र महावीर पुनबिच भयो यस्तो सहमति, झनै पलायो नयाँ आशा !


  • KTM Khabar
  • बिहिबार, भाद्र १६ २०७९
2.7K
SHARES

फाइल तस्विर

काठमाडौँ । देश दुनियाको मन मुटुमा बसेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) व्याक टु व्याक एक पछि अर्को कमाल गर्दै गइरहेका छन् । डोजर अभियानले चर्चाको केन्द्रमा बनेका मेयर साहले काठमाडौँबासीका लागी भने अर्को खुसी हुने खबर दिएका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले काठमाडौँ बनाउने बालेनको सपनामा दरिलो साथ दिने भएका छन् । मेयरमा निर्वाचित भएदेखि नै बालेनले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रसंग मिलेर विभिन्न गतिविधि गर्दै आएका छन् । यो सम्बन्ध अब झनै कसिलो बन्ने भएको छ ।

महावीर पुन र बालेनका विचमा एउटा गजबको समझदारी बनेको छ । बालेनले काठमाडौँ महानगरपालिका भित्रै एउटा आविष्कार केन्द्र खोल्ने योजना पुनलाई सुनाएका छन् ।
बालेनको प्रस्ताव सुन्ने वित्तिकै पुनले यो काम एकदमै राम्रो हुने भन्दै आफ्नो पुर्ण साथ रहने बचन दिएका छन् ।

अब तुरन्तै काम अघि बढाउने तयारी बालेनले गरेका छन् । बालेनले किर्तिपुरमा रहेको आविष्कार केन्द्रको अनुगमनका लागी महानगरपालिकाका सामाजिक सेवा विभागका प्रमुख र आफ्ना स्वकिय सचिवलाई आजै पठाएका छन् । यो कामका लागी ढिला गर्दै नगर्ने पक्षमा बालेन देखिएका छन् महावीर पुनले पनि आफुले बालेनलाई पुर्ण रुपमा साथ दिने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौं महानगरपालिकाको कार्यालयमा मेयर बालेन शाह र महाविर पुनबीच भेटवार्ता भएको थियो।उक्त भेटमा महानगरपालिकाले उचित ठाउँ खोजी महानगरभित्रै आविष्कार केन्द्र खोल्नेबारे छलफल भएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

मेयर भएपछि शाहले आविष्कार केन्द्रसँग सहकार्य गर्दै विभिन्न कामहरू गर्दै आएका छन्। यसरी अहिलेसम्म गरिएको सहकार्यमा कुनै बाधा अड्चन आएरनआएको बारेमा पनि छलफल भएको स्वकीय सचिव शाहले बताए।

‘अनौपचारिक सहकार्य भइरहेको र औपचारिक सहकार्य अन्तिम अवस्थामा पुगेकोबारे छलफल भएको थियो, उनले भने, मेयर ज्यूको निर्देशनमा सामाजिक विकास विभागका प्रमुख दिपक अधिकारी र म आजै आविष्कार केन्द्र पनि पुगेका थियौँ ।

पुनले उनीहरूलाई कीर्तिपुरस्थित आविष्कार केन्द्रको भ्रमण गराई कामबारे जानकारी दिएका थिए । यस्तै महानगरसँग थप सहकार्य कसरी गर्न सकिन्छ भन्ने बारे पनि छलफल भएको उनले बताए । भूपदेवले स्वास्थ्य चौकी, पार्कलगायत अन्य क्षेत्रमा तिर्नुपर्ने शुल्कलाई पूर्णरूपमा डिजिटलाइज गर्न सहकार्य गर्ने गरी कामहरू समेत हुने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा