सोमबार, माघ २३ २०७९
ताजा अपडेट

बालेनपछि भक्तपुरको अर्को नगरपालिका पनि तात्यो, निकाल्यो ३५ दिने सूचना


  • KTM Khabar
  • मंगलबार, भाद्र १४ २०७९
3.4K
SHARES

फाइल तस्विर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मापदण्ड विपरीतका संरचना हटाउन थालेपछि अरू नगरपालिकाको पनि ध्यान तानिएको छ । मापदण्ड विपरीतका संरचना हटाउनका लागि भक्तपुरको एक नगरपालिकाले पनि ३५ दिने सूचना निकालेको छ ।

भक्तपुरको मध्यपुरथिमिले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ हटाउन ३५ दिने सूचना जारी गरेको हो । नगरपालिकाभित्र रहेका अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगर भित्रका भित्री सडकहरू अतिक्रमण भएका संरचना हटाउन निर्देशन दिएको हो ।

सूचना जारी गर्दै नगरपालिकाले अतिक्रमण गरी बनाइएका संरचना नहटाए कारबाही गर्ने चेतावनी पनि दिएको छ।

अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत संरचना बनाइएको पाइएको नगरपालिकाको भनाइ छ। सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना ३५ दिनभित्र हटाउन र नहटाएमा कारबाही गरिने नगरपालिकाले बताएको हो।

यस्तै सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्नेलाई पनि त्यसो नगर्न नगरपालिकाले चेतावनी दिएको छ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा