काठमाडाैँ । नेकपा एमालेका लागी निर्वाचन आयोगबाट खुसीको खबर आएको छ । मंसिर ४ गते हुने निर्वाचनको मतपत्रमा पहिलो नम्बरमा सुर्य चिन्ह रहने भएको छ ।
निर्वाचन आयोगले गरेको निर्णय अनुसार मतपत्रको पहिलो नम्बरमा एमालेको सुर्य चिन्ह हुनेछ भने दोस्रो नम्बरमा नेपाली काग्रेसको चिन्ह र तेस्रो नम्बरमा नेकपा माओवादी केन्द्रको चिन्ह रहने छ । यस्तो निर्णय आयोगले गरे सँगै देशभरका एमाले कार्यकर्ताहरुमा खुशियाली छाएको छ ।
निर्वाचन आयोगका अनुसार ८० दलले दल दर्ताका लागि निवेदन दिएका थिए । माओवादी केन्द्रसहित चार दलले एउटै चुनाव चिह्नबाट निर्वाचनमा लड्न निवेदन दिएकाले मतपत्रमा अधिकता ८७ दलको चिह्न मात्र रहने छ ।
आयोगले यसपटक उम्मेदवारी दिएका दलहरुको मात्र चिह्न राखेर मतपत्र छाप्ने भनेकाले जिल्लारनिर्वाचन क्षेत्रअनुसार मतपत्रमा चुनाव चिह्नको संख्या तलमाथि हुनेछ ।
यसरी राखिने चुनाव चिह्नको रोलक्रम भने २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा हुने आयोगले जनाएको छ । समानुपातिकतर्फ सहभागी नभएका दलहरुको हकमा भने प्रतिनिधि सभारप्रदेश सभा सदस्य निर्वाचन– २०७९ का लागि दल दर्ता भएको क्रमका आधारमा हुनेछ ।
आयोगको यो निर्णयअनुसार मतपत्रको पहिलो नम्बरमा एमाले, दोस्रो नम्बरमा कांग्रेस, तेस्रो नम्बरमा माओवादी केन्द्रको चुनाव चिह्न रहने भएको छ । काग्रेस , माओवादी केन्द्र लगायतका दलहरुले गठबन्धन गरेर निर्वाचनमा जादैछन् भने एमाले एक्लै चुनावी मैदानमा होमिएको छ ।
एमाले अध्यक्ष केपी ओली लगायत एमालेको नेतृत्व पंक्तिले जतिवटा गठबन्धन बनेर आए पनि एमाले एक्लै काफी रहेको र बहुमत ल्याउने दाबी गरिरहेका छन् । एमाले अध्यक्ष ओलीले प्रचण्ड माधव नेपालहरुले एमाले सिध्याउछु भन्नु सानो मुख गरेको कुखुराले ठूलो फर्सि खान्छु भन्नु जस्तो मात्रै भएको बताएका छन् ।