बुधबार, मंसिर १४ २०७९
ताजा अपडेट

मेयर बालेन बारे दीपकराज गिरिले लेखेको फेसबुक स्टाटसले पिट्यो अर्को तहल्का, आखिर के लेखे त्यस्तो ! (स्टाटससहित)


  • KTM Khabar
  • बुधबार, भाद्र ८ २०७९
7.3K
SHARES

फाइल तस्विर

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृतरूपमा निर्माण भएका संरचनामा डोजर लगाएपछि बालेनको एक्सन रुप देखिएको छ । यसविच बालेनको यस्तो कदमको धेरै कोणहरुबाट प्रतिक्रिया आइरहेका छन् । कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनको प्रशंसा गर्दै बाबुरामलाई पनि सम्झिएका छन् ।

राजनीतिक आडमा रहेर काम नगर्ने मेयरहरूलाई गिरीले व्यंग्य पनि गरेका छन् । उनले लेखेका छन्,‘बालेन जे गर्दैछन् ,बाबुरामले जे गरे भोट घटला भनेर बाटोमा टाँसेर बनेका पर्खाल, घरहरुलाइ छुन समेत नसक्ने मेयरहरूले केही सिक्छन् कि ?’

महानगरपालिकाले यसअघि बिहान काठमाडौं मल अगाडिको संरचना तथा त्यसपछि खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा डोजर लगाएको थियो ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि यसरी नै काठमाडौंमा अवैध संरचना भत्काउन डोजर चलाएका थिए । बाबुरामकै हिम्मतका कारण काठमाडौंका सडक फराकिलो बनेका थिए । त्यसैले गिरीले बालेनको प्रशंसा गर्दा बाबुरामलाई पनि सम्झिएका हुन् ।

यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नबिल बैंकको न्यूरोड शाखा पनि हटाउन निर्देशन दिएका छन् । अवैधानिक रुपमा बनेका संरचना हटाउन बुधबार न्यूरोड गएका मेयर साहले बैंककको कार्यालय बेसमेन्टमा रहेको देखेपछि त्यसलाई हटाउन निर्देशन दिएको उनको स्वकीय सचिव भुपदेव शाहले बताए ।

‘न्यूरोडमा अवैधानिक रुमपा बनेका संरचना हटाउने र निरीक्षण गर्ने क्रममा नक्सापास विपरीत बेसमेन्टमा बैंकको कार्यालय रहेको देखेपछि बुधबारबाटै कार्यालय हटाउन निर्देशन दिनुभएको छ’ उनले भने ।

यस्तै काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मल र आरबी कम्प्लेक्सको अनधिकृत संरचना भत्काइदिएको छ । बुधबार महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।

भत्काउने क्रममा मेयर बालेन्द्र शाहसहितको टोली उपस्थित थियो । त्यस्तै नेपाल प्रहरी र महानगर प्रहरीको टोली पनि खटिएको थियो । यसअघि सोमबार महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो । महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काएको जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा