सोमबार, माघ २३ २०७९
ताजा अपडेट

हर्क साम्पाङले जिस्काएपछि फिल्मी शैलीमा एक्सनमा उत्रिए बालेन, अदालतमा समेत चलाउदैछन् डोजर !


  • KTM Khabar
  • बुधबार, भाद्र ८ २०७९
9.4K
SHARES

फाइल तस्विर

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जिस्काएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) फिल्मी शैलीमा एक्सनमा उत्रिएका छन् । महानगरभित्र गैरकानुनी रुपमा बनेका संरचनामा धमाधम डोजर चलाउन थालेका छन् ।

काठमाडौं महानगरपालिकाले नक्सापास भन्दा बाहेकका अवैध संरचना हटाउने अभियान चलाएका छन् । नक्सापास बाहेकका अवैध संरचना भत्काउन यसअघि नै ३५ दिने सूचना जारी गरेको महानगरले म्याद सकिएपछि डोजरसहित फिल्डमा खटिएर अवैध संरचना हटाउन थालेका छन् । बुधबार विहानैदेखि सुन्धारस्थित काठमाडौं मलअगाडि, खिचापोखरीमा रहेको आरबी कम्प्लेक्स अगाडि र न्यूरोडमा अवैध संरचना हतटाउ महानगर सक्रिय छ ।

यस्तै बालेन दरबारमार्ग पुगेका हुन् । दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ । महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ ।

मेयर बालेन शाहकै उपस्थितिमा नक्सापास विना बनाइएका अवैध संरचनाहरू धमाधम भत्काउन थालिएको हो। यसैबीच मेयर शाहले सबैखालका अवैधानिक संरचना हटाएर छाड्ने बताएका छन्।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुन सबैलाई लाग्ने र बराबरी हुने भन्दै जिल्ला अदालतलाई आफूले समय दिएको बताएका छन्।

बुधबार काठमाडौंमा पार्किङको लागि नक्सा पास गरी बनाएका अनधिकृत संरचनामाथि धमाधम डोजर चलाएका शाहले नियम कानुन सबैलाई बराबरी लाग्ने बताएका हुन्।

काठमाडौंका संरचना भत्काउने क्रममा स्थानीयसँग कुरा गर्दै मेयर शाहले काठमाडौं जिल्ला अदालतले पनि नक्सा पास नगरी संरचना बनाएको पाइएमा डोजर चलाएर भत्काउने बताए।

ठूलोलाई लाग्ने सानोलाई नलाग्ने होइन, सबैलाई बराबर हो। हामीले जिल्ला अदालतलाई समय दिएका छौं। जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि त्यहीँ हुने हो, उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा