मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

झलनाथले तोके माओवादी र समाजवादीबिच पार्टी एकता हुने मिति !


  • KTM Khabar
  • मंगलबार, भाद्र ७ २०७९
3K
SHARES

फाईल तस्बिर

काठमाडौँ – नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने सम्भावित मिति तोकेका छन् ।

सोमबार पाल्पामा आयोजित कार्यक्रममा बोल्दै उनले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगत्तै पार्टी एकता हुने बताएका हुन् ।

खनालले तत्काल कार्यगत एकता गरेर एकीकृत समाजवादी र माओवादी निर्वाचनमा जाने बताएका छन् । नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम रहेकाले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन लागेको उनको भनाइ छ ।

नेपालमा एक सबल कम्युनिष्ट पार्टी निर्माणका लागि अन्य साना कम्युनिष्ट पार्टीहरूसँग समेत एकीकरणको खाँचो रहेको उनले बताए। मंसिरमा हुने निर्वाचनमा गठबन्धनका तर्फबाट सिट बाँडफाँडका लागि कार्यदल बनेको र केही दिनमा त्यसले निचोड दिने बताउँदै खनालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताए।

कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गरेर दुई तिहाइको बहुमत दिएको स्मरण गर्दै उनले जनभावनाअनुसार काम नहुँदा अहिले कम्युनिष्टभित्रै फरक खालको राजनीतिक परिस्थिति सिर्जना भएको बताएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा