शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एउटै घोषणापत्रमा चुनाव लड्दै प्रचण्ड र माधव नेपाल !


  • सोमबार, भाद्र ६ २०७९
15.2K
SHARES

फाइल तस्विर

प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको प्रचण्ड र माधाव नेपालको भेटमामा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जाने दुवै दल सहमत भएका छन् । दुईनेताको छलफलले छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति समेत भएको एक नेताले जानकारी दिएका छन् ।

२०७४ मा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए । आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको थियो ।

भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो ।

प्रचण्ड र माधाव नेपालको भेटले आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जाने दुवै दल सहमत भए संगै एउटै घोषणा पत्रमा चुनाव लड्ने निश्चित भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा