काठमाडौँ – चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम एकाएक चर्चामा आएकी छिन् । तीज गीतमा गरेको एक नृत्य भाइरल बनेसँगै चर्चामा आएकी हुन् ।
तिज नजिकिएसँगै एलिजा गौतमले गरेको तीज गीतमा गरेको नृत्य अहिले भाइरल बनेको छ । आफ्नो इन्ट्राग्राममा सारी लगाइ हट डान्स गरेको भिडियो भाइरल बनेको हो । उनले गरेको उक्त नृत्यमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् ।
छोटो फुटेज मात्रै सार्वजनिक भएकाले यो डान्स कहिले र कहाँ गरेको भन्ने खुलेको छैन । एलिजा अहिले क्यानाडामा छिन् । सम्भवतै क्यानाडामा नै तिजको अवसरमा आयोजित पार्टी हुन सक्छ । उनी आफैंले इन्टाग्राममा एक क्लिप सेयर गरेपछि भिडियो भाइरल भएको हो ।
एलिजाले गर्न खोजेको यो डान्स स्टेपलाई ‘ट्वोर्क’ भनिन्छ । यो भनेको पुठ्ठा मात्रै हल्लाएर सेक्सी तरिकाले गरिने डान्स हो ।
पश्चिमा समाजमा प्रचलित यो डान्स स्टेप अहिले नेपालका डान्स पार्टीहरुमा पनि खुबै देखिन थालेको छ । अहिले तिज डान्समा धेरै महिलाहरु यो स्टेप गरिरहेका छन् । एलिजाले गरेपछि त टिकटकमा भाइरल नै भएको छ ।
एलिजालाई ग्ल्यामर फिल्डमा निकै रुची छ । उनलाई नायिका बनाउनका लागि श्रीमान ऋषिले ‘अनुराग’ चलचित्र निर्माण गरिदिएका थिए । तर, उक्त चलचित्रले दर्शक पाउन सकेन ।
त्यसपछि एलिजाले केही म्युजिक भिडियोमा काम गरेकी छन् । यद्यपि, उनले चाहेको सफलता मिलेको छैन । आफैंले पैसा हालेर म्युजिक भिडियो खेलेको आरोपसमेत लाग्छ । तर, जे भए पनि एलिजालाई चर्चाको भने कमि छैन ।
गौतमको त्यो हट डाण्स स्टेपमा फ्यानहरूले निकै मन पराइरहेका छन् । लचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी एलिजा आफैले निर्माण गरेको फिल्मले खासै ब्याबसायिक सफलता भने पाउन सकेन ।
त्यस्तै सामाजिक कार्यमा पनि हात बढाइरहेकी उनको व्यस्तता उत्तिकै बढ्दो छ । उनी प्राय निकै खुलेर फोटोशुट गरे राखेकी हुन्छिन् । उनका ती हट फोटोशुटले पनि उस्तै चर्चा पाएका हुन्छन् ।
दुई सन्तानकी आमा हुँदा पनि उनको सुन्दरताका कुनै कमी आएको छैन् ।
हेर्नुहोस् भिडियोः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।