आइतबार, माघ २२ २०७९
ताजा अपडेट

चाबहिल–साँखु सडक खण्डको थलीमा बाटो मर्मत नभएको भन्दै स्थानीय आन्दोलित !


  • KTM Khabar
  • आइतबार, भाद्र ५ २०७९
4.1K
SHARES

धुलाम्मे थली बजार

चाबहिल–साँखु सडक खण्डको थलीमा बाटो मर्मतको माग गर्दै स्थानीयले आज बिहानैदेखि बाटो बन्द गराएका छन् ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहान ८ बजेदेखि सडक अवरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन् ।

स्थानीयले एम्बुलेन्स र स्कुलका बसबाहेक अरु सबै सवारी साधनलाई आउ–जाउ गर्न रोक लगाएका छन् ।

थली खण्डको करिब ८ सय मिटर बाटो पिच हुन बाँकी छ । २०७७ सालदेखि नै त्यहाँका स्थानीयले बाटो पिच गर्न माग गर्दै संघर्षका कार्यक्रम गर्दै आएका छन् । तर उनीहरुको माग सम्बोधन भएको छैन ।

यसअघि २०७८ चैत १० मा पनि उनीहरुले बाटो अवरुद्ध पारेका थिए । सो क्षेत्रबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित एमाले नेता रामेश्वर फुयाँललाई घेरा हालेर बाटो पिच गर्न दबाब दिएका थिए । उनले भोलि नै ठेकदारलाई बाटो पिच गर्न लगाउने भनेपछि स्थानीय पछि हटेका थिए । तर अहिलेसम्म बाटो पिच नभएपछि स्थानीयले पुनः बाटो बन्द गराएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा