काठमाडौं । नेकपा (माओवादी केन्द्र) काे वरिष्ठ उपाध्यक्ष बनेकै दिन नारायणकाजी श्रेष्ठलाई अर्काे ठूलो जिम्वेवारी पाएका छन् ।
नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा तयार गर्न कार्यदल गठन गर्दै नारायणकाजीलाई संयोजकको जिम्वेवारी सुम्पेको हो ।
शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १७ सदस्सीय कार्दल गठन गरेको छ । कार्यदलको सदस्यमा महासचिव देव गुरुङ पनि रहेका छन्।
वर्षमान पुन, गिरिराजमणी पोखरेल, लिलामणी पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा र हरि रोक्का रहेका छन् । जाकिर हुसेन, कृष्ण चौधरी, पर्शुराम तामाङ, भीमा ढुंगाना र जगत सिम्खडा पनि मस्यौदा तयार कमिटीको सदस्यमा रहेका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।