सोमबार, माघ २३ २०७९
ताजा अपडेट

अध्यक्ष हमाललाई सम्मान


  • KTM Khabar
  • आइतबार, भाद्र ५ २०७९
3.5K
SHARES

निजी विद्यालयहरूको छाता सङ्गठन नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल सम्मानित भएका छन् । नेपाल प्रहरी श्रीमती संघको ३८औँ वार्षिकोत्सव कार्यक्रममा हमाल सम्मानित भएका हुन् ।

सिराहा जिल्लाको लाहान मेरी चिल्ड्रेन स्कुलका संस्थापक समेत रहेका हमाल ३ दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा सक्रिय छन् । समाजमा सकारात्मक परिवर्तनमा संस्थागत विद्यालयको तर्फबाट गर्नुभएको योगदानको मूल्याङ्कन गर्दै हमाललाई सम्मान गरिएको जनाइएको छ ।

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ घर भएका पाण्डव हमाल बौद्धिक तथा शैक्षिक व्यक्तित्वको रूपमा परिचित पाण्डव हमालले समाज कल्याण र शैक्षिक वातावरण कायम गराउन र उक्त क्षेत्रमा सुधारको लागि विगत लामो समयदेखि निरन्तर लागिरहनु भएका एन प्याब्सनका केन्द्रीय अध्यक्ष समेत रहनु भएका हमाल प्रहरी प्रधान कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा सम्मानित भएका हुन् ।

कार्यक्रममा प्रहरी प्रशासनका उच्च अधिकारीहरूको सहभागिताका बिच महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सम्मानित गर्नु भएको हो ।

नेपालमा संस्थागत विद्यालयको शैक्षिक वातावरणलाई नजिकबाट नियाल्दै बालबालिकाको स्वर्णिम भविष्य कोर्न देशभरि अहम् भूमिका निर्वाह गर्नु भएका हमालले समाजमा सकारात्मक परिवर्तनमा संस्थागत विद्यालयको तर्फबाट गर्नुभएको योगदानको मूल्याङ्कन गर्दै उहाँलाई नेपाल प्रहरी श्रीमती संघको कार्यक्रममा सम्मानित गरिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा