काठमाडौँ । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विच काठमाडौँको फोहारेका बिषयमा चलेको दोहोरी बारे रबि लामिछानेले प्रतिक्रिया दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सभापती लामिछानेले एक सार्वजनिक कार्यक्रममा उठेको प्रश्नलाई सम्बोधन गर्दै प्रतिक्रिया दिएका हुन् ।
उक्त विषयमा बोल्दै रबि लामिछानेले भने सोचेभन्दा फरक खालको प्रतिक्रिया दिएका छन् । कसैले बालेन ठिक त कसैलै हर्क ठिक भनिरहेका बेला रविले भने विल्कुलै फरक खालको प्रतिक्रिया दिएका छन् ।
जुहारीको बिषयमा बोल्दै रविले यो बाहिर हल्ला गरिए जस्तो सिरियस बिषय नभएको भनेका छन् । यो कुनै ठूलो कुरा नभएर सामान्य नाकेझोक मात्रै भएको उनले भनेका छन् । यस्ता नोकझोकले नराम्रो होइन राम्रो परिणाम दिने छ ।
नकारात्मक रुपमा लिनै नमिल्ने भन्दै उनले यसमा विकासमा बारेमा, काममा बारेमा आ आफ्ना धारणा मात्रै बालेन र हर्कले राखेको जिकिर लामिछानेले गरेका छन् । सरसल्ला हुन्छ, सामान्य नोकझोक चल्छ यो एकदमै सामान्य कुरा हो, लामिछानेले भनेका छन् ।
कतिपयले सानो कुरालाई पनि ठूलो बनाएर हल्ला गरिरहको भन्दै लामिछानेले स्वतन्त्रहरु आए भने आफु आफैँमा झगडा गर्छन् ,यिनीहरु आफैँ मिल्न सक्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको छ अहिलेनै यस्तो छन् पछि के होलान् भन्ने जस्तो बनाउँन खोजिएको छ तर विकासका लागी भएको बहसका रुपमा मात्रै आफुले यो कुरालाई बुझेको र यसले राम्रै हुने उनले भनेका छन् ।
मैले यत्ति सफा गरेँ, यति विकास गरेँ भन्ने कुरामा नोकझोक चल्दा यसले अझै प्रतिष्पर्धा बढाउँने तर्क रविले गरेका छन् । प्रतिष्पर्धा हुनु राम्रो भएको उनले भनेका छन् । लामिछानेले देशभरका स्वतन्त्र उमेदवारहरुलाई एक ठाउँमा ल्याउँन प्रयास भइरहेको र आफ्नो पार्टी निरन्तर रुपमा त्यसमा लागिरहेको जनाएका छन् ।
धरानमा मेयर साम्पाङले आफु काठमाडौँ आए पछि काठमाडौँको फोहोर उठ्न थालेका दाबी गरे पछि बालेनले व्यग्यात्मक रुपमा आफुले चुनाव पनि हर्क साम्पाङकै लौरो चिन्ह लिएर उठेर जितेको भन्दै प्रतिक्रिया दिए पछि विवाद चुलिएको थियो । त्यसपछि बालेनमाथि साम्पाङले कडा प्रहार गरिरहेका छन् ।