शनिबार, असोज १५ २०७९
ताजा अपडेट

रक्सीले मात्तिएको भिडिओ एकाएक भाइरल भएपछि प्रधानमन्त्री सन्ना दिइन् प्रतिक्रिया, तान्यो विश्वको ध्यान !


  • KTM Khabar
  • शनिबार, भाद्र ४ २०७९
2.7K
SHARES

एजेन्सी । रक्सीले मात्तिएको भिडिओ एकाएक भाइरल भएपछि प्रधानमन्त्री सन्नाले दुःख व्यक्त गरेकी छिन् । रक्सीले मात्तिएको भिडिओले विश्वको ध्यान खिचिरहेको बेला भिडियोको विषयमा बोल्दै सन्नाले भिडियो खिचेको आफूलाई जानकारी भए पनि फुटेज सार्वजनिक हुँदा आफू दुःखी भएको उनले बताइन् ।

पार्टीमा मात्तिएको भिडिओ भाइरल भएपछि फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुऔषध परीक्षण गराएको बताएकी छन् ।

३६ वर्षीया मरिनको केही राजनीतिकर्मी तथा सेलेब्रिटीका साथ पार्टी गरिरहेको भिडिओ सार्वजनिक भएपछि चर्को आलोचना भएको थियो।

शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले लागुऔषध परीक्षण गरिएको र त्यसको नतिजा अर्को साता आउने बताइन्। उनले लागुऔषध नलिएको दाबी पनि गरिन्।

‘मैले गैरकानुनी काम केही पनि गरेकी छैन,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘किशोरावस्थामा पनि मैले कुनै किसिमको लागुऔषध लिइनँ।’

उनले यसअघि मदिरा पिएको र पार्टी गरेको स्वीकारिसकेकी छन्। भिडिओ खिचेको आफूलाई जानकारी भए पनि सो फुटेज सार्वजनिक हुँदा आफू दुःखी भएको उनको भनाइ छ।

‘मलाई विश्वास छ, फुर्सदको समय र कामको समयलाई छुट्याएर हेर्न सकिन्छ भन्ने मान्छेहरुले बुझ्नेछन्,’ उनले भनिन्।मरिन यसअघि विश्वकै कान्छी सरकार प्रमुख थिइन्। त्यो उपाधि अहिले चिलीका राष्ट्रपति ग्याब्रिएल बोरिचको नाममा छ। गतसाता मात्रै जर्मनी बिट पत्रिकाले ‘सबैभन्दा बढी रुचाइएको प्रधानमन्त्री’ को उपाधि दिएको थियो। बीबीसी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा