शनिबार, असोज १० २०८३
ताजा अपडेट

काठमाडौँबाट फर्किए लगतै हर्क साम्पाङले गरे अर्को घोषणा, पाए नसोचेको समर्थन !


  • बिहिबार, भाद्र २ २०७९
36.4K
SHARES

फाइल तस्विर

काठमाडौँ । धरान उपमहानगरपालिकाका जनप्रिय मेयर हर्क साम्पाङले काठमाडौँबाट फर्किए लगतै नयाँ कुराको सार्वजनिक गरेका छन् । काठमाडौँ रहँदा समेत चर्चाको केन्द्र बनिरहेका हर्क साम्पाङको गरेका यो सार्वजनिक तथा घोषणाले झनै चर्चा समर्थन पाइरहेका छन् ।

मेयर साम्पाङले देशभरका मेयरहरूलाई पछि पार्दै आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

हालसम्म कुनै पनि मेयर आफ्नो एक सय दिनको कामलाई सार्वजनिक गर्न सकिरहेका छैन । तर हर्क साम्पाङले भने १३ बुँदामा आफूले गरेको कामको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनले आज बिहान फेसबुकमार्फत १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् । उनले नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् ।

मेयर साम्पाङले १०० दिनमा के गर्यौ त भन्नेलाई मेरो यस्तो उत्तर हुन्छ भन्दै लेखेको छन्, ‘नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरे, ४ ठाउँबाट खानेपानीको मुहान थपे, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए, ६ लाख बिरुवा रोपे, सरसफाइमा देखिने सुधार ल्याए, प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याए, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बाले, बाटो मर्मत सम्भार तथा टटबन्धन, विपद् व्यवस्थापन, लागु औषध विरुद्धको अभियान सुरु गरे, योजनाहरूका लागि बजेटको जोहो गराए, पारदर्शी हिसाब किताब सार्वजनिक गरे, पालिकाका सेवामा तीव्रता र प्रष्टता ल्याइदिए र शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार ल्याए ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा