काठमाडौं – भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरी घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
आईओसीले पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ ८० पैसा घटाएर पठाएको निगमले जानकारी दिएको छ । यस्तै, डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको छ भने हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँ घटेर आएको छ ।
यसको जानकारी पत्रकार सम्मेलन मार्फ़त गराउने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । त्यसको विषयमा जानकारी दिन अहिले पत्रकार सम्मेलन भैरहेको छ । उक्त पत्रकार सम्मेलनमा मूल्य समायोजन हुनसक्ने उनको भनाई छ ।
पछिल्लो समय आईओसीले पेट्रोलियम पदार्थको मूल्य दुईपटक घटाएर पठाएको छ । तर, निगमले भने नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन । अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ । भारतबाट सस्तिएर आउँदा पनि घाटा रहेकाले मूल्य समयोजन नभएको बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।