शनिबार, असोज १५ २०७९
ताजा अपडेट

पाँच दिनसम्मका लागि विद्यालय हुने भयो बन्द ! (सूचनासहित)


  • KTM Khabar
  • आइतबार, साउन २९ २०७९
3.9K
SHARES

फाइल तस्विर

ओखलढुंगा – विद्यार्थीहरुमा भइरल फिबरको प्रकोप देखिन थालेपछि ओखलढुंगाको एक बिद्यालय बन्द गरिएको छ । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारी स्थित जाल्पा माध्यमिक विद्यालयका अधिकांश विद्यार्थीहरुमा भइरल फिबरको प्रकोप देखिन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो ।

बिद्यालयले प्रशासनले एक सार्वजनिक सुचना जारी गरेर आईतबारदेखि लागु हुनेगरी आगामी पाँच दिन अर्थात भदौ २ गतेसम्मका लागि बिद्यालय बन्द गरिएको जनाएको छ ।

विद्यालयमा अध्यनरत सबै उमेर समुहका बालबालिकामा कडा खालको ज्वरो तथा रुघा खोकीको लक्ष्य देखिएको विद्यालयका प्रध्यानध्यापक कैलाश पौडेलले बताए ।

सोही कारण समान्य बिद्यार्थीहरुमा समेत संक्रमणको जोखिम उच्च रहेकाले सावधानी स्वरुप बिद्यालय बन्द गरिएको प्रध्यानध्यापक पौडेलको भनाई छ ।

पछिल्लो समय जिल्लाका अधिकाशं बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुमा भाइरल फिबरको संक्रमण देखिएको छ ।विद्यार्थीहरुमा कडा खालको ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने,जोर्ती दुख्ने लगायतका लक्षण लक्षण देखिने गरेको चिकित्सकहरुको भनाई छ ।

भइरल फिबर ठुलो उमेरसमुहका ब्यक्तीहरुम समेत देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पुष्पराज पन्तले बताए । बढी जसो बालबालिकामा क्षणमा ज्वरो आउने , टाउको दुख्ने, बान्ता गर्ने लगायतका लक्षण देखिने गर्दछ ।

जसका लागी स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढ्न थालेको पन्तको भनाई छ । जिल्लामा पछिल्लो पटक भाइरल फिबरका बिरामी बढेकाले सावधानी अपनाउन समेत आग्रह गरिएको छ । सुचना अधिकारी पन्तले आम नागरिकलाई खानपानमा बिषेश ध्यान दिन आग्रह गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा