आइतबार, असोज १६ २०७९
ताजा अपडेट

हर्क साम्पाङका लागि डा. सुरेन्द्र भण्डारीले बोलेको एक वाक्यले पिट्यो अर्को तहल्का, झनै पलायो नयाँ आशा !


  • KTM Khabar
  • बिहिबार, साउन २६ २०७९
66.6K
SHARES

फाइल तस्विर

काठमाडौँ । धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ एक पछि अर्को कामबाट सफलता पाइरहेका छन् । कामबाट धरानवासीलाई कमाल देखाइरहेका मेयर साम्पाङ धरानबासीको मात्रै होइन सिंगो नेपालीहरुको मन जितिरहेका छन् ।

स्थानिय तहको निर्वाचनको भोट नखस्दासम्म चर्चा नपाएका उनले सानदार जित निकाल्न सफल भए पछि चर्चा चुलिएको थियो । आफुलाई सानो मान्छे भन्ने र कुल्ली मेयर मान्ने साम्पाङको त्यस यताको कामले भने निकै प्रशंसा पाइरहेको छ ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले धरानका मेयर हर्क साम्पाङलाई यो देशकै रोल मोडल भएको बताएका छन् । डा. भण्डारीले मेयर साम्पाङलाई मुक्तकण्ठले प्रशंसा गर्दै यो देशको रियल लिडर कोहि छ भने त्यो हर्क साम्पाङ मात्र नै रहेको बताएका छन् ।

आफु साम्पाङको काम गराइबाट निकै गहिरोसँग प्रभावित भएको भन्दै डा. भण्डारीले आफु हर्क साम्पाङको कार्यकर्ता बन्न पनी तयार रहेको खुलाएका छन् ।साम्पाङलाई रियल लिडर भन्दै भण्डारीले यदि साम्पाङले यो देशको नेतृत्व गर्छु भनेर आउँने हो भने सबैले साथ दिने बताएका छन् ।

हर्क साम्पाङले नेतृत्व गरेर अगाडी आउँछु भन्नु भयो भने उहाँलाई साथ नदिने कोहि हुँदैन होला । मेरा लागी हर्क साम्पाङको कार्यकर्ता बन्न पनि मन्जुर छ ।

साम्पाङलाई भुँइमान्छे भन्दै डा. भण्डारीले अहिले जनताले खोजेको नेता यस्तै हुुनु पर्ने बताए । जनताले आफ्नो नेता भनेर मान्नेनै यस्तै सोच र चिन्तन भएको मान्छेलाई हो भन्दै उनले साम्पाङ जस्ता मान्छे सय जना मात्रै भइदिने हो भने मुलुककै कायापलट हुने विश्वास व्यक्त गरे ।

डा. भण्डारीले भनेका छन्, मेयर हर्क साम्पाङ जस्ता मान्छे सय जना मात्रै पनि हुने हो भने यो मुलुककै कायापलट हुन सक्छ । यस्ता मान्छेको देशलाई खाँचो छ । सय जना मान्छे नभए पनि हर्क साम्पाङलाई साथ दिने र नेतृत्वमा स्थापित गराउँने मान्छे मात्रै भइ भए पनि यो देश अवश्य बन्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा