शनिबार, असोज १० २०८३
ताजा अपडेट

डडेलधुराबाट आयो देउवाका लागि आयो अर्को दुःखद खबर, लाग्यो नसोचेको झड्का !


  • बुधबार, साउन २५ २०७९
12.6K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई उनको निर्वाचन क्षेत्रबाट दुःखद खबर प्राप्त भएको छ । ‘नो नट अगेन’ अभियान चलिरहेका बेलामा देउवाकै स्वकिय सचिव समेत भएका कर्ण मल्लले देउवा हराउन अभियान चलाएपछि देउवाको प्रेसर बढेको छ ।

२०७४ सालको निर्वाचनमा डढेलधुरामै काग्रेसबाटै उमेदवार भएर प्रदेशसभाको सांसद बनेका मल्ल यस पटक देउवालाई हराएरै छोड्ने मिसनमा लागेका छन् ।

अघिल्लो निर्वाचनमा देउवा प्रतिनिधीसभाको उमेदवार हँदा मल्ल प्रदेशसभाको उमेदवार बनेर डढेलधुराबाट निर्वाचित भएका थिए । यस पटक देउवा हराउँने मिसनमा रहेका मल्लका कारण देउवालाई यस पटकको निर्वाचन फलामको चिउरा चपाउँनु सरह हुन सक्ने आकलन गरिएको छ ।

हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि मल्लले काग्रेस विरुद्ध एमालेसँग तालमेल गरेका थिए । देउवाकै आफ्नै गृह वडामा समेत काग्रेस पराजित भएर कर्ण मल्लले अघि सारेका उमेदवार विजयी भए पछि देशव्यापी चर्चा चुलिएको थियो । यस पटक संघिय निर्वाचनमै देउवालाई हराउँने मिसनमा उनी लागेका छन् ।

६ पटक सम्म लगातार शेरबहादुर देउवालाई डढेलधुराबाट निर्वाचन जिताएर डढेलधुराका जनताले के पाए र अब किन देउवालाई जिताउँने ? भन्दै मल्ललले प्रश्न गरेका छन् । आफुले जिताएर पठाएको जनप्रतिनिधी प्रधानमन्त्री हुँदा डढेलधुराका जनतालाई गौरव हुन पर्ने तर त्यस्तो केहि नभएको उनले भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा