आइतबार, असोज १६ २०७९
ताजा अपडेट

हर्क साम्पाङको अभियानमा अर्का चर्चित व्यक्ति पनि भए सहभागी, झनै पलायो अर्को आशा !


  • KTM Khabar
  • मंगलबार, साउन २४ २०७९
6.6K
SHARES

फाइल तस्विर

काठमाडौं – वरिष्ठ गायक दीप श्रेष्ठ यतिबेला सामाजिक कार्यमा पनि सक्रिय छन् । ‘द भ्वाइस अफ नेपाल’को चौथो श्रृंखलाको कोचबाट विश्राम लिएपछि उनी यतिबेला फुर्सदमा पनि छन् ।

श्रेष्ठ यतिबेला गृहनगर धरानमा छन् । निजी कामको सिलसिलामा धरान पुगेका उनी उपमहानगरका मेयर हर्क साम्पाङको निम्तोमा वृक्षरोपण अभियानमा पनि सहभागी भएका छन् ।

सिमसिमे पानीको पर्वाह नगरी छाता ओढेरै गायक श्रेष्ठले बीपी पार्क पुगेर वृक्षरोपण गरे । ‘फेसबुकबाट त पहिल्यैदेखि वृक्षरोपण गरेको देखेकै थिएँ, आउन पनि उत्सुक थिएँ,’ उनले भने, ‘आज आफ्नै हातमा वृक्षरोपण गर्न पाएँ, खुसी लाग्यो ।’

घरमा बस्नुभन्दा गएर वृक्षरोपण गर्न पनि गायक श्रेष्ठले धरानवासीलाई आग्रह गरे । श्रेष्ठसँगै अन्य स्थानीयबासीले पनि पार्कमा वृक्षरोपण गरे । उनले यस्तो कार्यमा मेयरलाई सघाउन समेत आग्रह गरे ।

मेयर निर्वाचित भएपछि साम्पाङले प्रत्येक शनिबार वृक्षरोपण अभियान चलाइरहेका छन् । गायक श्रेष्ठ यतिबेला केही गीतको तयारीमा समेत छन् ।

यस्तै, मेयर हर्क साम्पाङले नयाँ योजनालाई अगाडी सारेका छन् । साम्पाङले धराने जनतालाई ठूलो राहत दिने गरी नयाँ योजना अगाडी सारेका हुन् ।

उनले धरानका डाँडामा सरसर बहने हावाबाट विजुली निकालेर धरानलाई उज्यालो बनाउने योजना अगाडी सारेका हुन् । हिउँदमा खोलाको पानी सुकेर बत्ति बाल्न नपाउने जनताका लागि साम्पाङले यो योजना ल्याएका हुन् ।

यो योजनाबारे जानकारी दिदै मेयर साम्पाङले सामाजिक संजाल पोस्ट गरेका छन् । उनले आफ्नौ अफिसियल फेकबुकमा लेखेका छन्, ‘हिउँदमा खोलाको पानी कम भए पनि डाँडामा बहने हावा सरररर…हुन्छ ! त्यही हावाबाट बिजुली निकाल्ने हो ! त्यसको परीक्षण पनि गर्नेछौँ ! अहिले पानीबाट निकाल्न लागेका छौँ ! जय धरान !’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा