बिहिबार, जेष्ठ १८ २०८०
ताजा अपडेट

‘नमस्ते पे’ ले ल्यायो अर्को गजबको सुविधा, अब घरमै बसेर कमाउनुहोस् पैसा !


  • KTM Khabar
  • मंगलबार, साउन २४ २०७९
7.3K
SHARES

फाइल तस्विर

काठमाडौं । ‘नमस्ते पे’ का प्रयोगकर्ताले बसी-बसी पैसा कमाउन सक्ने भएका छन् । कम्पनीले सुरु गरेको Loyalty Points कार्यक्रम अनुसार अब घरमा बसीबसी पैसा कमाउन सकिने भएको हो ।

‘नमस्ते पे’ आफ्ना प्रयोगकर्ताहरूलाई वालेट प्रयोगमा प्रेरित गर्नका लागि यो सेवाको सुरुवात गरेको हो । यो सेवा नमस्ते पे प्रयोगकर्ताले विभिन्न शिर्षकमा गरेको खर्चमा आधारित भएको वालेटले जनाको छ ।

प्रत्येक प्रयोगकर्ताले हरेक १ सयको रिचार्जको 2 NP Coins/Points पाउनेछन् र प्रत्येक 8 NP Points/Coins को मूल्य १ रुपियाँ हुनेछ । यो सेवा अन्तरगत प्रयोगकर्ताले कोप्रणाली कुनै प्रयोगकर्ताले

सेवाहरूको प्रयोग गरेको अनुपातमा, प्रयोगकर्ताहरूले NP Points सङ्कलन गर्न सक्नेछन् । र नमस्ते पे मा उपलब्ध Loyalty Points मा आकर्षक प्रस्तावहरू समावेश छन् ।

जस्तै: NP Coins प्रयोग गरी विभिन्न भ्वाइस र डेटा प्याकहरू र टप redeem गर्नसक्ने, विभिन्न कुपन/अनलाइन शपिङ भाउचरहरू जित्ने मौका, विशेष अवसरहरूमा प्रयोगकर्ताहरूले NP पोइन्टहरूलाई Namaste Paisa वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकटहरू / होटलहरू/ट्रिपहरू र थप डिजाइन गरिएका अभियानहरूमा समेत प्रयोगकर्ताहरूले NP Points redeem गर्ने मौका पाउनेछन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

नमस्ते पे स्थापनाको छोटो अबधिमा लोकप्रिय बनेको छ । स्थापना भएको १ बर्षमा करिव १ लाख भन्दा धेरै ग्राहक बनिसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा