शनिबार, असोज १० २०८३
ताजा अपडेट

डडेलधुरा पुगेपछि सागर ढकाल बने झनै कडा, देउवा नै झस्किने गरी पाए नसोचेको साथ !


  • सोमबार, साउन २३ २०७९
21.2K
SHARES

फाइल तस्विर

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सागर ढकालले डडेलधुराबाट स्वतन्त्र उमेदवारी दिने भएका छन् । ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट उमेदवारी दिने बताएका हुन् ।

ढकालले देउवाविरुद्ध संसदीय चुनावमा लड्ने भन्दै डडेल्धुरा पुगेका छन् । ढकालले देशले पाँच पटक प्रधानमन्त्री पाएको देउवाको जन्मघर घर पुगेर त्यहाँका जनताको सहानुभुती बटुलेका छन् ।

बीबीसीमा शेर बहादुर देउवालाई कडा प्रश्न सोधेर चर्चामा आएका ढकालले चुनाव जित्ने सम्भावना बढेको छ । उनले गाउँगाउँमा पुगेर जनताको मन जित्न थालेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै फिल्डमा देउवा प्रति धेरै वितृष्णा बढेको भन्दै चुनाव आफ्नो पक्षमा आउने बताएका छन्

उनले लेखेका छन्, ‘देशले पाँच पटक प्रधानमन्त्री बनाएको घर वरिपरि देश रोएको छ। उहाँ जन्मेको घर नै धरापमा छ, नगएको दसक भयो, पाच बर्षमा एक पटक त्यो पनि चुनावमा, त्यो पनि हेलिकप्टरमा। देशको लागि अब कस्तो प्रधानमन्त्री भन्ने बहस अब प्रधानमन्त्रीकै जन्म घरमा बसेर बहस गरौं।’

देउवाको पुख्यौली घर पुगेका ढकालले ‘शेरबहादुर हजुरबा भन्दै उनकै जन्मघरमा बहसको लागि निमन्त्रणा समेत गरेका छन्। पाँच वर्षअघि बीबीसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चित बनेका व्यक्ति डडेल्धुराबाट संसदीय चुनाव लड्ने तयारीमा छन्।

गुल्मीका सागर ढकालले पाँच वर्षअघि प्रधानमन्त्री देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै प्रश्न गरेका थिए। देउवाले जवाफमा झोक्किँदै ‘तपाईं बढ्ता बोल्दैहुनुहुन्छ’ भनेर जवाफ फर्काएका थिए।

ढकाल पढ्नका लागि आफैं बेलायतको अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए। उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा