शनिबार, असोज १० २०८३
ताजा अपडेट

‘ब्याक टु ब्याक’ कमाल गर्दै आएका हर्क साम्पाङले सुरु गरे अर्को योजना, धरानका जनता मालामाल !


  • आइतबार, साउन २२ २०७९
21.9K
SHARES

फाइल तस्विर

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (राई) यत्तिबेला उनको कामका कारण चर्चामा छ । जति चर्चा हुने काम सक्रिय छन् उती नै उनी सामाजिक सञ्जालमा पनि सक्रिय हुन्छन् ।

दैनिक १० भन्दा बढी स्टाटस आफैले पोस्ट गरिरहेका हुन्छन् । आफुलाई लागेको कुरा तथा धरान उपमहानगरपालिकाबाट हुने कामको बारे उनले स्टाटस लेख्ने गरेका हुन्छन् ।

मेयर हर्क साम्पाङले नयाँ योजनालाई अगाडी सारेका छन् । साम्पाङले धराने जनतालाई ठूलो राहत दिने गरी नयाँ योजना अगाडी सारेका हुन् ।

उनले धरानका डाँडामा सरसर बहने हावाबाट विजुली निकालेर धरानलाई उज्यालो बनाउने योजना अगाडी सारेका हुन् ।

हिउँदमा खोलाको पानी सुकेर बत्ति बाल्न नपाउने जनताका लागि साम्पाङले यो योजना ल्याएका हुन् ।

यो योजनाबारे जानकारी दिदै मेयर साम्पाङले सामाजिक संजाल पोस्ट गरेका छन् । उनले आफ्नौ अफिसियल फेकबुकमा लेखेका छन्, ‘हिउँदमा खोलाको पानी कम भए पनि डाँडामा बहने हावा सरररर…हुन्छ ! त्यही हावाबाट बिजुली निकाल्ने हो ! त्यसको परीक्षण पनि गर्नेछौँ ! अहिले पानीबाट निकाल्न लागेका छौँ ! जय धरान !’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा