शनिबार, असोज १० २०८३
ताजा अपडेट

मनकामनाबाट आयो दुःखको खबर, बढायो झनै अर्को चिन्ता !


  • बिहिबार, साउन १९ २०७९
8.6K
SHARES

फाइल तस्विर

गोरखा । मनकामना दर्शनार्थीहरुका लागि चिन्तित बनाउने खबर आएको छ । मनकामना केबलकार केही समयका लागि बन्द रहने खबर सार्वजनिक भएसंगै दर्शनार्थीहरुका लागि चिन्तित र दुखद खबर आएको हो ।

मनकामना केवलकार करिब डेढ महिनासम्म बन्द हुने भएको छ। सञ्चालन प्रविधि स्तरोन्नति गर्न भन्दै आगामी साउन २३ गतेदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म बन्द हुने भएको हो।

एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नती गर्न सेवा बन्द गर्न लागिएको मनकामना केवलकार प्रालिले जानकारी दिएको छ।

चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ। स्तरोन्नतिका लागि अष्ट्रियाका प्राविधिक नेपाल आएको कम्पनीले जनाएको छ।

नयाँ प्रविधिमा गएपछि यो नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने कम्पनीले दाबी गरेको छ। ‘स्तरोन्नति कार्य करिब पाँच देखि ६ हप्तामा सम्पन्न हुने छ। यस अबधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा