सोमबार, माघ २३ २०७९
ताजा अपडेट

आफ्नो अडानमा झनै कडा बनेर निस्किए हर्क साम्पाङ, धराने जनतालाई फैसलाको जिम्मा दिएपछि झनै चुलियो चर्चा !


  • KTM Khabar
  • बिहिबार, साउन १९ २०७९
11.2K
SHARES

फाइल तस्विर

धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूसँग नअल्झिन आग्रह गरेका छन्। आगामी मंसिरमा हुने आम निर्वाचनमा ध्यान दिन आग्रह गर्दै उनले सामाजिक सञ्जालमार्फत त्यस्तो आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘मंसिरको चुनावमा ध्यान दिनु है सबैले, म सँग नउल्झिनु, आफ्नो काम गर्नु’ स्वतन्त्रबाट धरान उपमहानगरको प्रमुखमा निर्वाचित भएका साम्पाङ सामाजिक सञ्जालमा सक्रिय देखिन्छन्।

त्यस्तै, कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगरप्रमुख साम्पाङले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित संघर्ष समितिले नगरप्रमुख साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तोडफोड गरेका थिए ।

वार्ताको लागि तयारी भइरहेको बेला नगर प्रमुख साम्पाङले ‘मलाई सोधेर रकम राखेको हो ?’ भनेपछि आक्रोसित पीडितहरुले कार्यकक्षमा तोडफोड गरेको बताइएको छ ।

साम्पाङले सोमबार इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले नगर प्रमुख साम्पाङले जाहेरी दिएको जानकारी दिए ।

बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदिप बाँस्तोलाविरुद्ध जाहेरी दिएको बताइएको छ । उनीहरुलाई पक्राउ गर्नका लागि अदालतबाट पूर्जी लिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

हुलहुज्जत र अभद्र व्यवहारको जाहेरी आएको र प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

आइतबार छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले ‘मलाई सोधेर पैसा राख्न दिएको हो ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरुले नगरप्रमुख विरुद्ध नाराबाजी गर्दै उनको कार्यकक्षको सिसासमेत फुटाई दिएका थिए ।

यता नगरप्रमुख साम्पाङले भने ‘यो राजनीतिक षड्यन्त्र भएकाले प्रहरीमा उजुरी दिएको छु, याे व्यक्तिमाथिको आक्रमण नभई नगर र स्थानीय सरकार माथिकै आक्रमण हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा