शनिबार, असोज १० २०८३
ताजा अपडेट

राजेन्द्र लिंदेनको यस्तो घोषणाले चुलियो अर्को चर्चा, समर्थकलाई बनायो झनै खुसी !


  • बुधबार, साउन १८ २०७९
11.3K
SHARES

फाइल तस्विर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको चुनावमा आफू झापा क्षेत्र नं ३ बाटै चुनावी प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् ।

आफ्ना देवी देउता तथा भगवान त्यही क्षेत्रमा रहेको भन्दै लिङ्देनले झापा क्षेत्र नं ३ बाटै चुनाव लड्ने घोषणा गरेका हुन् । बुधबार झापाको बिर्तामोडमा झापाका पत्रकारहरूसँगको अन्तर्क्रियामा लिङ्देनले यस्तो खुलासा गरेका हुन् ।

उनले भने, ‘मेरा देवी–देउता र भगवान त्यहीँ छन्। झापा क्षेत्र नं ३ बाट अन्य क्षेत्रमा जाने प्रश्नै उठ्दैन। म त्यहीँबाट चुनाव लड्छु।’ यसअघिको प्रतिनिधि सभाको चुनावमा पनि उनी झापा क्षेत्र नं ३ बाटै निर्वाचित भएका हुन्। त्यो बेला नेकपा एमालेसँग तालमेल गरेर उनी चुनावमा होमिएका थिए।

यसपालीको चुनावमा पनि गठबन्धनको सम्भावना खुल्ला रहेको लिङ्देनले बताए। सरकारले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि मिति तोक्न लाग्दा उनले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं ३ नै रहेको बताएका हुन्।

उनले मंगलबार सार्वजनिक गरेको चुनावी सरकार गठन हुनुपर्ने मागलाई बुधबार पनि दोहोर्‍याए। चुनावी सरकार गठन नभए सत्तामा रहेको दलले चुनावमा सत्ताको दुरुपयोग गर्ने विगतका घटनाले देखाएको भन्दै अब पनि त्यस्तो दुरुपयोग हुने सम्भावना रहेको लिङ्देनले दाबी गरे।

लिङ्देनले भने, ‘विगतका चुनावमा पनि हामीले देख्यौँ– सत्ताको दुरुपयोग हुन्छ। फेरि पनि हुन्छ। त्यसैले राप्रपाले चुनावी सरकारको माग गरेको हो।’ पार्टीको राष्ट्रिय अध्यक्ष भएपछि लिङ्देन पहिलो पटक गृह जिल्लाका सञ्चारकर्मीसँग अन्तर्क्रियामा बसेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा