मंगलबार, चैत्र ६ २०८०
ताजा अपडेट

रुसको आक्रमणबाट ढल्यो युक्रेनको मेरुदण्ड, खिच्यो विश्वको ध्यान !


  • KTM Khabar
  • बुधबार, साउन १८ २०७९
10.9K
SHARES

फाइल तस्विर

एजेन्सी । रुसको मिसाइल आक्रमणबाट युक्रेनलाई ठूलो क्षति भएको छ । रुसको आक्रमणबाट युक्रेनको माइकोलेभ सहरका एक धनाढ्य व्यापारी दम्पतीको मृत्यु भएको छ ।

७४ वर्षीय ओलेक्सी भादाटुस्र्की र उनकी श्रीमती रायसाको घरमा गएराति मिसाइल प्रहार हुँदा उनीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ ।

‘हिरो अफ युक्रेन’को अवार्डसमेत पाएका भादाटुस्र्की अन्न निर्यातमा संलग्न एक कम्पनी निबुलोनका प्रमुख हुन् । फोर्ब्स म्यागेजिनका अनुसार सन् २०२० मा उनको सम्पती ४५० मिलियन डलर थियो ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भादाटुस्र्की दम्पतीमाथि नियोजित आक्रमण भएको भन्दै निन्दा गरेका छन् । उनीहरुको निधनबाट युक्रेनलाई ठूलो क्षति पुगेको उनले बताएका छन् ।

माइकोलेभ सहरका मेयर अलेकजेन्डर सेन्केभिचले यो सहरमा रुसले हालसम्मकै ठूलो बमबारी गरेको बताएका छन् । रुसको आक्रमणबाट माइकोलेभ सहरका होटल, खेलकुद परिसर, दुई विद्यालय, सेवा केन्द्र र घरहरुमा क्षति पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा