शनिबार, असोज १० २०८३
ताजा अपडेट

विप्लव प्रकरणले लियो नयाँ मोड, एमालेले दियो दरिलो साथ !


  • मंगलबार, साउन १७ २०७९
8K
SHARES

तस्विरः फाइल

काठमाडाैँ । ललिलपुर जिल्ला अदालतबाट नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लव सहितका नेताहरुलाई वारेन्ट जारी गरेको बिषयमा प्रतिनिधीसभामा पेचिलो ढंगले बिषय उठेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विप्लवको पक्षमा दरिलो ढंगले उभिएको छ । सरकारकै कारण अदालतले वारेन जारी गर्ने अवस्था आएको भन्दै यो पारा ठिक नभएको भन्दै एमाले सांसदहरु तात्तिएका छन् ।यो बिषयमा एमाले मात्रै होइन माओवादी केन्द्रको पनि कुरा मिलेको छ ।

शान्तिपूर्ण राजनीतिमा आउँदा विप्लवसँग तत्कालीन केपी ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गरेको उल्लेख गर्दै एमाले र माओवादी केन्द्रले उक्त सहमति अनुसार मुद्दा फिर्ता लिन र बन्दीहरुको रिहाइको माग गरेका हुन् ।

मंगलबार प्रतिनधि सभाको विशेष समयमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले नेकपाका महासचिव विप्लवविरुद्ध जारी भएको वारेण्टप्रति आपत्ति जनाए । उनले सरकारलाई वारेण्ट फिर्ता लिएर राजनीतिक सहमतिमा इमान्दार बन्न आग्रह गरे ।

‘विप्लवको कारबाहीका लागि फेरि वारेण्टको प्रश्न आएको छ । तत्कालीन सरकारले तीन बुँदे सहमति गरेको थियो । उक्त सहमतिपछि जनतामा पनि खुसी छाएको थियो । अहिले यो सरकारले अघिल्लो सरकारले गरेका सहमति वा कामलाई अघि बढाउनु पर्नेमा विभिन्न बहानामा विप्लवलाई त्यही बाटोमा जान उद्धत बनाउन खोजेको हो रु’ भट्टराईको प्रश्न छ ।

उनले अगाडि थपे, ‘यो कदम ९विप्लवको कारबाहीका लागि फेरि वारेण्ट जारी० बाट सरकार तत्काल पछि हटोस् ।’माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले पनि विप्लवविरुद्ध वारेण्ट जारी भएकोमा आपत्ति जनाएकी छन् । सरकारलाई उनको प्रश्न छ, ‘शान्तिपूर्ण राजनीतिमा आउनुअघि तत्कालीन सरकारले गरेको ३ बुँदे सम्झौता खारेज भएको हो रु’

सोमबार ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजना मुद्दामा ३५ दिने वारेण्ट जारी गरेपछि मंगलबार एमाले र माओवादीका सांसदले एकै स्वरमा प्रतिनिधि सभामा उक्त कदमविरुद्ध आवाज उठाएका हुन् । शसस्त्र आन्दोलनमा रहेको विप्लव नेतृत्वको पार्टी २०७७ फागुन २० गते तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजधानीमा आएको थियो ।

माओवादी केन्द्रकी सांसद गुरुङले पनि विप्लवविरुद्धको वारेण्ट फिर्ता लिन माग गरेकी छन् । ललितपुर जिल्ला अदालतबाट वारेन्ट जारी भए पछि नेकपाका महासचिव विप्लवले पनि कडा प्रतिक्रिया दिएका छन् । अब प्रतिवाद गर्ने भन्दै उनले हातमा दही जमाएर नबस्ने भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा