मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

बाइडेनको पारो तात्ने गरी चिनले फेरी दियो कडा चेतावनी, तान्यो विश्वको ध्यान !


  • KTM Khabar
  • सोमबार, साउन १६ २०७९
6.8K
SHARES

तस्विरः फाइल

अमेरिकालाई ताइवानमा आफ्नो देशको गतिविधि नबढाउन भन्दै सीले बाइडेनलाई कडा चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय समाचार माध्यम रोयटर्सका अनुसार सीले बाइडेनलाई ताइवानको विषयमा ‘आगोसँग नखेल्न’ चेतावनी दिएका हुन् ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने तयारी भइरहेको समाचार आइरहँदा दुई देशका राष्ट्रपतिबीच कुराकानी भएकाे छ ।

सीले पेलोसीको सम्भावित भ्रमणलाई लिएर आपत्ति जनाएका थिए । यदि पेलोसीले ताइवान भ्रमण गरेमा २५ वर्षपछि अमेरिकी उच्च अधिकारीको सबैभन्दा महत्त्वपूर्ण भ्रमण हुनेछ । यद्यपि पेलोसीको भ्रमण कहिले हुने वा नहुने भन्नेबारे बाइडेन प्रशासनबाट आधिकारिकरुपमा घोषणा भएको छैन ।

बिहीबार साँझ अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ नेता सीलाई भिडियो कल गरेका हुन् । बाइडेन राष्ट्रपति बनेपछि चिनियाँ राष्ट्रपति सीसँगको यो उनको पहिलो वार्ता पनि हो । उनीहरूबीच दुई घण्टा लामो फोनवार्ता भएको थियो ।

वार्ताको क्रममा सीले बाइडेनसमक्ष अमेरिकाले ‘एक चीन नीति’ पालना गर्नुपर्ने भन्दै आग्रहसमेत गरेका थिए । साथै ताइवानको विषयमा उनले कडारुपमा चिनियाँ धारणा राखेको चिनियाँ सरकारी समाचारमाध्यमले जनाएका छन् ।

ताइवानलाई लिएर चीन र अमेरिकाबीच लामो समयदेखि विवाद छ । ताइवानमा अमेरिकी गतिविधिलाई लिएर चीनले आपत्ति जनाउँदै आएको छ ।

चीनले ताइवानलाई आफ्नो सुरक्षा क्षेत्रको रुपमा चिनाइरहँदा ताइवानले भने आफूलाई स्वतन्त्र देशको रुपमा चिनाउँदै आएको छ ।यसबीचमा चीनले पटक-पटक ताइवानको आकाशमा लडाकु विमान उडाउने गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा