आइतबार, माघ २२ २०७९
ताजा अपडेट

नेवा पुचः ले गर्यो अर्को विशेष कार्यक्रम, भयो भव्य सहभागिता (फोटो फिचर)


  • KTM Khabar
  • आइतबार, साउन १५ २०७९
4.2K
SHARES

काठमाडौँ । लायन्स क्लब इन्टरनेशनल ३२५ अन्तर्गत रहेको लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः ले आयोजना गरेका रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार भत्केको पुलमा रहेको शान इन्टरनेशनल कलेजको प्राङ्गणमा भव्य सहभागीहरूको बिचबाट उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

‘लायन्सका विभिन्न लिडरदेखि स्थानीय, कलेजका विद्यार्थी, अभिभावहरू रक्तदान कार्यक्रममा सहभागी भएका थिए । जसमध्येबाट लगभग ३० जनाले रक्तदान गर्नुभयो’, प्रेसिडेन्ट भाइनारायण श्रेष्ठले बताए ।

रक्तदान पश्चात् प्रमाण पत्र प्रदान गरिएको थियो । शानका संस्थापक डा. सुवास घिमिरे तथा लायन लिडर दीपक चापागाईँले संयुक्त रूपमा रक्तदाताहरूलाई प्रमाण–पत्र प्रदान गरेको थिए ।


‘मौसम अवस्थाका कारण रक्तदान कार्यक्रम सुरु हुन केही गाह्रो होला की जस्तो लागेको थियो । तथापि त्यस्तो रहेन । यस पटकको रक्तदान कार्यक्रम पनि भव्य रूपमा सम्पन्न भयो । स्वतःस्फूर्त रूपमा रक्तदान गर्न दाताहरू आउनु भयो । रक्तदान गर्नु हुने सम्पूर्णलाई धन्यवाद तथा हार्दिक आभार व्यक्त गर्दछु’, नेवा पुचःका चार्टर प्रेसिडेन्ट श्रीकृष्ण श्रेष्ठ (आयन) ले बताए ।

लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः र शान इन्टरनेशनल कलेजको सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रम बिहान १० बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन भएको थियो ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा