खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ : १४ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जानकारी दिए ।
भूकम्पको धक्का खोटाङ, काठमाडौँसहित पूर्वी नेपालका धेरै ठाउँमा महसुस गरिएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको छ ।
भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु रहेको गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईले छोटो तर कडा धक्का आएको भए पनि हालसम्म कुनै पनि क्षति भएको नपाइएको बताइन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।