शनिबार, असोज १० २०८३
ताजा अपडेट

धनगढीका मेयर हमाल अब रहेनन् स्वतन्त्र, आजै रोजे यस्तो पार्टी !


  • शनिबार, साउन १४ २०७९
171.3K
SHARES

फाइल तस्विर

काठमाडौं – स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले राजनीतिक दल रोजेका छन् । हमालले रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन् ।

मेयर हमाल रवि नेतृत्वको पार्टीको भेलामा सहभागी भएका छन् । शनिबार धनगढीमा आयोजित पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश भेलामा हमाल सहभागी भएका हुन् । गत स्थानीय तह निर्वाचनमा हमाल धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्रबाट मेयर चुनिएका थिए।

गत ७ असारमा पार्टी घोषणा गरेका लामिछाने त्यसयता विभिन्न प्रदेशमा पुगेर भेला आयोजना गरिरहेका छन्। सोही अभियानअन्तर्गत आज (शनिबार) धनगढीमा प्रदेश भेला आयोजना गरिएको हो।

सो भेलामा सम्बोधन गर्दै मेयर हमालले भने, ‘रवि लामिछाने आयो कराउँछ जान्छ भन्छन् कतिपयले, यदि यसपालि पनि हामीले विकल्पको खोजी गरेनौं भने यो पुस्ताको भविष्य सकियो।’

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर हमाल रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश भेलामा सहभागी भई भेलालाई सम्बोधनसमेत गरेका छन् ।

शनिबार कैलालीको धनगढीमा आयोजना भएको भेलालाई मेयर हमालले सम्बोधन गरेका हुन् । प्रदेश भेलामा मेयर हमालले देश परिवर्तन गराएर आउने पुस्ताको जिम्मा लगाउने अभियानमा सफलता मिलोस् भनि कामना गरेका थिए ।

स्वतन्त्र रुपमा उम्मेदवार खडा गर्नका लागि अभियानका रूपमा अगाडि बढ्नुपर्ने पनि मेयर हमालको सुझाव थियो । ‘समस्या नेताहरूमा छैन,’ उनले भने, ‘समस्या मतदातामा छ । जबसम्म मतदाता स्वतन्त्र हुँदैन तबसम्म सबै सम्भावना अधुरा हुन्छन् । सबैभन्दा पहिले जनता स्वतन्त्र हुनुपर्छ ।’

रवि लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नेपालको जिल्ला दौडमा रहेको छ । शनिबार धनगढीमा भेला गरेको हो भने आइतबार कञ्चनपुरमा कार्यक्रम रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा