शनिबार, असोज १५ २०७९
ताजा अपडेट

तानासाह किमले फेरि हल्लाए शक्ति राष्ट्रको मथिङ्गल, यस्तो निर्णयले तान्यो विश्वकै ध्यान !


  • KTM Khabar
  • शुक्रबार, साउन १३ २०७९
5.7K
SHARES

फाईल तस्बिर

काठमाडौँ – उत्तर कोरियाली तानाशाह किम जोङ उनले फेरी पनि शक्ति राष्ट्र अमेरिकाको मथिङ्गल हल्लाएका छन् । कोरियाली युद्धको वार्षिकीमा आयोजित एक कार्यक्रमका बेला उनले आफ्नो देश अमेरिकासँग कुनै पनि सैनिक संघर्षका लागि पूर्ण रुपमा तयार रहेको भन्दै शक्तिराष्ट्र अमेरिका हल्लिने गरी युद्धको सांकेतिक निम्तो दिएका हुन् ।

विश्व महाशक्तिको रुपमा उदाएको अमेरिकाको बिरुद्धमा जुटाएको यो ऐतिहासिक हिम्मतले विश्वको ध्यान खिचेको हो । किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु प्रतिरोधक क्षमताको प्रयोगका लागि तयार भएको दाबी गरेका छन् ।

उत्तर कोरियाले आफ्नो सातौँ परमाणु परीक्षण गर्न सक्ने अडकलबाजीका बीच किम जोङ उनको यो बयान सार्वजनिक भएको हो । उत्तर कोरियाले आफ्नो अन्तिम परमाणु परीक्षण सन् २०१७ मा गरेको थियो ।

यद्यपि, कोरियाली प्रायद्वीपमा अब तनावका माहौल बढिरहेको देखिएको छ । उत्तर कोरियाको विशेष अमेरिकी प्रतिनिधि सुङ किमले यस वर्ष प्योङयाङले अभूतपूर्व संख्यामा मिसाइल परीक्षण गरेको बताएका छन् ।

सन् २०१९ मा उत्तर कोरियाले २५ पटक मिसाइल परीक्षण गरेको थियो जबकी यस वर्ष उसले ३१ वटा परीक्षण गरिसकेको छ । जूनमा दक्षिण कोरियाले जवाफ दिँदै आफ्नो आठौँ मिसाइल परीक्षण गरेको थियो । एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा