शनिबार, असोज १० २०८३
ताजा अपडेट

एचआइभीको औषधि सहजै उपलब्ध गराउन माग


  • शुक्रबार, साउन १३ २०७९
8.2K
SHARES

काठमाडाैँ । राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपालले सहज रूपमा औषधि उपलब्ध गराउन माग गरेको छ।बुधवार महासङ्घको टोलीले राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रलाई ज्ञापन पत्र बुझाएर सहज रूपमा औषधि उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको छ।

महासङ्घका अध्यक्ष खगेन्द्र खड्का नेतृत्वको टोलीले सरकारी लापरबाहीले सङ्क्रमितको ज्यान समेत गइरहेको जनाउँदै ध्यानाकर्षण गराएको हो।

सङ्क्रमितहरूले खाने एआरभी वितरणमा केन्द्रले नै अवरोध गरिरहेको उनीहरूको भनाइ छ। जसले गर्दा केही जिल्लामा औषधि नपुगेको र सङ्क्रमितले औषधि खान नपाएको महासङ्घले जनाएको छ।

त्यस्तै, कास्की र सुनसरीमा हेपाटाइटिस–सी भएका सङ्क्रमितको उपचार गर्ने तयारी भएको थियो। तर, केन्द्रकै लापरबाहीले समयमै औषधि नपाउँदा दुई जनाको ज्यान गएको महासङ्घले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा