काठमाडौँ – प्रतितिनिधीसभाका सभामुख अग्नि प्रसाद सापकोटा धरानका मेयर हर्क सम्पाङ र बालेन साहको पक्षमा मियो झैँ उभिएका छन् ।
सभामुख अग्नी प्रसाद सापकोटाले स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर बिजयी भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका बिषयमा रोचक प्रतिक्रिया दिदै उनीहरुको पक्षमा उभिएका हुन् ।
उनले एक कार्यक्रममा बोल्दै अब युवाहरु जागेको र त्यसको प्रकटीकरण धरान र काठमाडौँबाट देखिन थालेको बताएका हुन् । स्वतन्त्र उमेदवारहरुको जितलाई सभामुख सापकोटाले मुलुकमा युवाहरुको आवाज बुलन्द हुन थालेको अर्थमा विश्लेषण गरेका छन् ।
सभामुख सापाकोटाले बालेन र हर्क साम्पाङको खुलेर प्रशंसा गरेका छन् । काठमाडौँ र धनानमा यूवाहरुको जितले ठूलो ।सन्देश दिएको भन्दै बालेन र हर्कहरुले दिएको सन्देशको गम्भिरलाई सबैले राम्रोसँग बुझ्नु पर्ने बताए ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले काठमाडौं र धरानबाट युवाको आवाज बुलन्द हुन थालेको बताएका हुन् ।‘‘युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ’ उनले भनेका छन् ।
सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरविरोध मडारिन थालेको भन्दै संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए ।
देशकै राजधानी रहेको काठमाडौँ महानगरपालिकामा युवा उमेदवार बालेन शाहले हेभिवेट भनिएका उमेदवारहरुलाई भारी मतले पराजित गर्दै सानदार रुपमा निर्वाचित भएका थिए भने धरानमा पनि कसैले नपत्याएका हर्क साम्पाङ भारी मतान्तरका साथ मेयर निर्वाचित भएका थिए ।