शनिबार, असोज १० २०८३
ताजा अपडेट

एकाबिहानै गयो भूकम्प !


  • सोमबार, साउन ९ २०७९
12.7K
SHARES

सांकेतिक तस्विर

काठमाडाैँ – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै भुकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पनि महशुस भएको थियो ।

यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ५ सय ७९ परकम्प गएको छ ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । भूकम्पका कारण केहीबेर मानिसहरु भागाभाग भएका थिए । मानिसहरु घरबाहिर निस्किएर होहल्ला गरेका थिए ।

भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार सामान्यतया भूकम्प भनेको पृथ्वी हल्लिनु हो। पृथ्वी जुनसुकै कारणले हल्लिएको भए पनि त्यो भूकम्प हो।

भूकम्प चार किसिमले जान्छ। पहिलोमा टेक्टोनिक प्लेटको चालको कारण, दोस्रो ज्वालामुखी विष्फोटका कारण, तेस्रो कोल्याप्स भूकम्पका कारण र चौथो भनेको आणविक परिक्षणका कारण जान्छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा