काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा अत्याधिक फेसबुक स्टाटस लेख्छन् । उनका फेसबुक स्टाटसबाट धरानमा मात्र नभई विश्वभर छरिएर रहेका नेपालीहरुलाई समेत सचेत हुन्छन् । हर्क साम्पाङले छोटो समयमै देखिने गरी परिवर्तन गर्न थालेका छन् ।
आफुलाई कुल्ली मेयर भन्दै जनतासँगनै घुलमिल गरिरहेका साम्पाङले श्रमदानका लागी एकै पटक धराने जनतालाई सँगै लिएर हिँडेका मात्रै छैनन् नगरपालिका भित्रको आन्तरिक सुधारका लागी पनि पर्याप्त कदम चालिरहेका छन् । उनको कामको रिजल्ट देखिन थालेको छ ।
साम्पाङले सुधारको सुरुवात नगरपालिका भित्रै बाट गर्न थालेका छन् । यस अघि राजनितीक पार्टीबाट मेयर भएकाहरुले करार कर्मचारीको रुपमा भर्ती गराएका राजनितीक पार्टीका कार्यकर्तालाई नगरपालिकाबाट धमाधम जागिरबाट निकाल्न थालिएको छ ।
काम नगर्ने कर्मचारीलाई हटाइने छ भन्दै सार्वजनिक रुपमै उद्घोष गरेर काम थालेका साम्पाङले धमाधम दलका कार्यकर्ता भएकै कारण नियुक्ती लिएर बसेकाहरुलाई हटाउँन थालेका छन् । उनको यस्तो कदमले जागिर खाएर जागिर खोसिँदा तनाव भएकाहरु रिसाएका छन् तर जनताहरु भने खुशि देखिएका छन् ।
राजनीतिक भर्ती केन्द्र बनेको धरान उपमहानगरपालिकाले मेयरमा स्वतन्त्र व्यक्ति हर्क साम्पाङ निर्वाचित भएपछि भने कर्मचारी कटौती गर्न थालेको छ। विगतमा मेयरहरूले आफ्ना कार्यकर्ताहरूको भर्ती केन्द्र बनाएको उपमहानगरपालिकाले असार मसान्तपछि १८ जना करारका कर्मचारीलाई हाजिर गर्न दिएको छैन। धरान खानेपानी व्यवस्थापन बोर्डका ६ कर्मचारीलाई हटाइएको छ। मेयर साम्पाङले काम नगर्ने कर्मचारीहरूलाई हटाउने अभिव्यक्ति दिँदै आएका थिए।
नगरपालिकामा हाजिर गर्न नदिइएका १८ जनामध्ये आठजना प्राविधिकतर्फका करार कर्मचारी छन्। अन्य १० जना भने २०७४ सालपछि निर्वाचित भएका मेयरहरूकै पालामा राजनीतिक रूपमा भर्ती भएकाहरू हुन्। उपमहानगरले हाजिरी खातामा सूचना टाँसेर ती १८ जनालाई हाजिर गर्न रोक लगाएको छ। असार मसान्तसम्म करार अवधि रहेको र उनीहरूबारे थप निर्णय नभएकाले हाजिर गर्न नदिइएको नगरपालिका स्रोतले जनाएको छ।