काठमाडाैँ – पुरानो पार्टीका नयाँ नेतृत्व हुन् राजेन्द्र लिङ्देन । गत मसिंरमा आफैलाई नेता बनाएका नेतालाई अध्यक्षमा हराएर जितेर आएका लिङदेनले राप्रपालाई देशको विकल्प बनाउने धेरैको अपेक्षा रहेको छ ।
उनै लिङ्देनले शनिवार पार्टीको केन्द्रीय कमिटी बैठकमा जनताबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेका छन् । ३ दिन सम्म चलेको बैठकले वर्तमान व्यवस्थालाई परिवर्तन गर्नुपर्ने औँल्याएपछि लिङ्देनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको अबधाराणालाई चुनावको एजेन्डाको रूपमा अघि सारेका छन् ।
यसै विषयमा कुरा गर्दै नेकपा एमालेका नेता शेर बहादुर तामाङले पनि सबिंधान संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् ।
लिङ्देनले खर्चिलो, अव्यवहारिक सङ्घीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताएका छन् ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले जनप्रतिनिधि र प्रशासनिक खर्चको भार बोझिलो हुँदाहुँदै करको दायराले जनताको जनजीवन नै प्रभावित भएको भन्दै अव्यवहारिक सङ्घीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताएका हुन ।
उनले राजसंस्थालाई बहिष्करण गरेकैका कारण शान्ति प्रक्रियाले हालसम्म पनि पूर्णता पाउन नसकेको तर्क गरे । चर्को मूल्य वृद्धि र बजार घाटा, वैदेशिक मुद्राको अल्प संचिति, असन्तुलित आयात निर्यातको दर उत्तिकै कहानीलाग्दो रहेको उनको भनाइ छ ।
उनले ठुला भनिएका दलहरूकै कारण मुलुकमा भ्रष्टाचार व्याप्त बनेको र मुलुकमा आर्थिक समस्या देखा परेको तर्क गरे ।